चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष पक्राउ - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
Sunrise bank
चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष पक्राउ
LBEF
NCH-IPS

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन् । चेक बाउन्सको आरोपमा प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसरका अनुसार नेपालमाथि अदालतबाट म्याद थप गरिएको छ । गौशालामै रहेको इडन गार्डेन स्कुलका सञ्चालकसमेत रहेका नेपालले स्कुलको भाडाबापत घरबेटीलाई दिएको ६ लाखको चेक बाउन्स भएपछि घरधनी नरेशकुमार न्यौपानेले उजुरी गरेका थिए । 

तर, पक्राउ पर्नुअघि फणिन्द्र नेपालले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई फसाउने काम भएको दाबी गरेका छन् । उनले लेखेका छन्,‘मैले नरेश कुमार नेउपाने नामक घरधनीलाई घरभाडा बापत ६ लाखको चेक दिएको थिएँ ।

चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो । मैले नेपाल बैंक लिमिटेडको ६ लाख लाखको चेक ०७५ मंसिर २१ गते शुक्रबार भुक्तान गर्ने गरी दिएको थिएँ । पैसा लिइसकेपछि चेक पटक–पटक फिर्ता माग्दा नदिएर अहिले आएर निजले चेक बाउन्स गरी पक्राउ गर्ने भूमिका खेले ।’’

प्रतिक्रिया दिनुहोस