aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

सिटिजन्स बैंकका ग्राहकलाई होटल सिटिर्पाकमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
सिटिजन्स बैंकका ग्राहकलाई होटल सिटिर्पाकमा विशेष छुट
Global IME
LBF

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटिपार्क प्राली जनकपुरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल सिटिपार्क प्रालीको सेवा सुविधामा विशेष छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । 

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटिएम र ११४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस