aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

चालू आवको पहिलो त्रैमासमा तेह्रथुम पावरले कमायो १ करोड १८ लाख भन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ मंसिर २०७८
चालू आवको पहिलो त्रैमासमा तेह्रथुम पावरले कमायो १ करोड १८ लाख भन्दा बढी नाफा
Global IME
LBF

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५ हजार नाफा कमाएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा भने रू. ८६ लाख ७० हजार नोक्सानीमा थियो ।चालू आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा विद्युत विक्री बापत रू. २ करोड ३० लाख ९ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.४ करोड ७६ लाख ६६ हजार पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रू. ८ करोड ४५ लाख ऋणात्मक रहेको छ । 

आईपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २८ करोड बाट रू. ४० करोड पुगेको हो । त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१२(वार्षिकीकरण) रहेको छ । कम्पनीले गत भदौ ९ गते देखि १३ गते सम्म ८ लाख कित्ता आइपीओ निष्कास गरेको थियो । हाल तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाटको अपर खोरुङ स्मल  हाइडोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस