aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
himalayanlife
रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढयो
DHI
NIBL

काठमाडौं । मुलुकमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बृद्धि भएको छ । विदेशमा पसिना बगाएर नेपाली दाजुभाईले पठाएको रेमिट्यान्सले नै धानेको मुलुकको  अर्थतन्त्रमा उनीहरुले ७९९ अर्ब २ करोडको योगदान दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७।३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा व्यक्त गर्दा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९/७ प्रतिशतले बढेको थियो ।

यद्यपी मुलुकमा भित्रिएको रेमिट्यान्सलाई सही तबरले उत्पादनमूलक क्षेत्रमा लगाउन नसक्दा मुलुकमा आयातको तथ्याङ्क झनै  भयावह बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर रु. १२९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३।६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात भने केही घटेको छ ।

समिक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई रु.१२११ अर्ब ९६ करोड पुगेको छ । सो अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो ।
 
यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नै ६.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो ।
कृषिजन्य मुलुकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.० प्रतिशत रहेको थियो । समिक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि ५.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति १६.६ प्रतिशतले बृद्धि भई रु. ९०५ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।

यता अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक । रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस