शेयरहरूको चुक्ता मूल्य ४१८ अर्ब ८७ करोड पुग्यो - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

शेयरहरूको चुक्ता मूल्य ४१८ अर्ब ८७ करोड पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
शेयरहरूको चुक्ता मूल्य ४१८ अर्ब ८७ करोड पुग्यो
LBEF
NCH-IPS

काठमाडौं । धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले बढेर रु. १५७९ अर्ब ३९ करोड कायम भएको छ । बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७५ जेठ मसान्तमा २०.६ प्रतिशतले ह्रास भई रु.१४७१ अर्ब ८१ करोड कायम भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५/७६ को कुल गार्हस्थ्य  उत्पादनसँगको अनुपात ४५.५ प्रतिशत रहेको छ ।अघिल्लो वर्ष यस्तो अनुपात ४८.६ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको तथ्याङ्क अनुसार  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ जेठ मसान्तमा रु.४१८ अर्ब ८७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा रु.२६ अर्ब ९९ करोड बराबरको साधारण, शेयर रु. ९ अर्ब २६ करोड बराबरको हकप्रद शेयर, रु.२० अर्ब ८९ करोड बराबरको बोनस शेयर र रु.७५ करोड १७ लाख बराबरको डिबेञ्चर गरी कुल रु.५७ अर्ब ९० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०७५ जेठ मसान्तमा १२४७.३ विन्दु रहेको नेप्से सूचकाङ्क पनि वार्षिक विन्दुगत आधारमा १.८ प्रतिशतले वृद्धि भई २०७६ जेठ मसान्तमा १२६९.६ विन्दु पुगेको छ । २०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १२१२.४ विन्दु कायम रहेको थियो ।

धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले बृद्घि भई २०७६ जेठ मसान्तमा रु. १५७९ अर्ब ३९ करोड कायम भएको छ । बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७५ जेठ मसान्तमा २०.६ प्रतिशतले ह्रास भई रु.१४७१ अर्ब ८१ करोड कायम भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५/७६ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४८.६ प्रतिशत रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ जेठ मसान्तमा २१३ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस