होला त यिनलाई कारबाही - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

होला त यिनलाई कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
होला त यिनलाई कारबाही
LBEF
IPS

राज्यकोषबाट तलबभत्ता बुझ्ने १७ हजारभन्दा बढी राष्ट्र सेवकले आर्थिक वर्ष २०७५÷७६ मा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सार्वजनिक पद धारण गरेका १७ हजार एक सय २७ जनाले सम्पत्ति विवरण नबुझाएका हुन ।

राज्यकोषबाट तलबभत्ता बुझनेमध्ये पाँच लाख चार सय ७६८ जनाले मात्र विवरण बुझाएका छन् । विवरण नबुझाउनेमा बढी शिक्षक छन् । केन्द्रका अनुसार ११ हजार एक सय ५७ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यस्तै निजामती कर्मचारीतर्फ एक हजार नौ सय ३९ जनाले विवरण बुझाएका छैनन् ।

भ्रष्टाचार निवारण ऐन अनुसार राज्यकोषबाट तलबभत्ता बुझ्ने गरी सार्वजनिक पदमा नियुक्त व्यक्तिले छ महिनाभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने प्रावधान छ । त्यसपछि हरेक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र विवरण अद्यावधिक गराउनुपर्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस