१३ हजारको लगानीबाट तीन करोडको उद्योग - Aarthiknews
aarthiknews.com शनिबार, ११ माघ २०७६   Saturday, 25 January, 2020
 
Bajaj_Bike

१३ हजारको लगानीबाट तीन करोडको उद्योग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
१३ हजारको लगानीबाट तीन करोडको उद्योग
LBEF

कुनै बेला १३ हजार रुपियाँको लगानीमा घरमै सुरु गरिएको कस्मिरा खातुनको सिलाइकटाइ व्यवसाय अहिले तीन करोड रुपियाँ पुँजीको गार्मेन्ट उद्योगमा परिणत भएको छ । एक जना मुस्लिम महिलाले हासिल गर्नुभएको यो सफलताका लागि १८ वर्ष कठोर परिश्रम भने गर्नु प¥यो ।

कस्मिराको सफलताबाट जस्तोसुकै अवस्था आए पनि हरेश नखाई निरन्तर मेहनत गर्र्ने हो भने सफलता अवश्य प्राप्त हुने शिक्षा लिन सकिन्छ । नेपालगन्ज घरबारी टोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कस्मिराले घरमै पेटिकोट सिलाएर व्यवसाय सुरु गर्नुभएको हो ।

व्यापारको सिलसिलामा अर्घाखाँचीबाट नेपालगन्ज आउनुभएकी खातुनसँग १८ वर्षअघि साथमा एक कौडी पनि थिएन । उहाँले बल्लतल्ल ऋण काढेर १३ हजार रुपियाँ लगानीमा घरमै व्यवसाय सुरु गर्नुभयो । त्यही व्यवसाय फस्टाउँदै अहिले तीन करोड रुपियाँको लगानीमा विस्तार भएको उहाँ बताउनुहुन्छ ।

कस्मिराको लुम्बिनी गार्मेन्टले उत्पादन गरेका तयारी कपडा काठमाडौँ, पोखरा, बुटवल, धनगढी, महेन्द्रनगरलगायत साविकको मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा पुगिरहेका छन् । उद्योगमा अहिले धेरैले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ, “म आफैँले पेटिकोट सिलाएर व्यवसाय सुरु गरेँ, अहिले ७० जनाले काम पाएका छन् । उद्योगले उत्पादन गरेको कपडाको माग बढिरहेकाले थप कामदार राख्नुपर्ने अवस्था छ । ”

कस्मिराले व्यवसाय आरम्भ गरेको सम्झँदै भन्नुभयो, “त्यति बेला एउटा पेटिकोट सिएबापत पाँच रुपियाँ र म्याक्सी सिएको १० रुपियाँ लिन्थेँ । दिनमा पाँच सय रुपियाँ कमाउन दर्जनौँ पेटिकोट सिलाउनुपथ्र्यो । त्यसका लागि दिनरात मेहनत गरेँ । ”  काम सानो भए पनि मेहनतले नै एक दिन सफल हुने विश्वास उहाँमा जागेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस