बल्खु र कालिमाटीका तरकारी व्यापारीलाई जरिवाना - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

बल्खु र कालिमाटीका तरकारी व्यापारीलाई जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
बल्खु र कालिमाटीका तरकारी व्यापारीलाई जरिवाना
LBEF
NCH-IPS

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बल्खु र कालीमाटी तरकारी बजारका १९ तरकारी व्यवसायीलाई आर्थिक जरिवाना गरेको छ । अनुगमनका क्रममा थोक व्यापारीले खरिदबिक्री बिल देखाउन नसकेपछि अनुगमन स्थलमै जरिवाना गरिएको हो ।

‘व्यवसायीले बिलबिजक जारी नगरी चर्को मूल्य असुल्दै आएको पाइयो ।,’ विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीले भने । विभागको टोलीले बल्खुमा ११ र कालीमाटीमा ८ तरकारी व्यापारीलाई अनुगमनस्थलमै पाँच हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना गरेको हो ।

नयाँ ऐन अनुसार अनुगमन टोलीले सम्बन्धित ठाउँमै जरिवाना गर्न सक्ने व्यवस्था छ । अनुगमन अधिकृतलाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म आर्थिक जरिवाना गर्ने अधिकार दिएको खबर  आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस