aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

बैंकिङ कसुरका फरार महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
nepalmegaschool
बैंकिङ कसुरका फरार महिला पक्राउ
LBF

लमजुङ । लमजुङमा बैंकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेसीसहर नगरपालिका–३ बसौला गाउँ बस्ने ३० वर्षीय प्रजिता गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार पक्राउ परेका महिलालाई उच्च अदालत पाटनबाट विसं २०७७ पुस ५ गते एक दिन कैद र रु दुई लाख जरिवाना तोकेको थियो । सो लगत्तै फरार रहँदै आएकी ती महिलालाई पक्राउ गरी आजै जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ । महिलाले जरिवानाबापतको रकम बुझाएको र एक दिन कैदका लागि जिल्ला कारागारमा जेल चलान गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस