aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

विदेशी मुद्रा सन्चितिमा राष्ट्र बैंक अझ कठोर, चाँदी आयातमा थप कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
विदेशी मुद्रा सन्चितिमा राष्ट्र बैंक अझ कठोर, चाँदी आयातमा थप कडाई
Global IME
LBF

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सन्चितिमा थप कडाई गरेको छ । सोमबार शुक्रबार राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत जारी गरिएको व्यवस्थाको विस्तृत विवरण जारी गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकले डकुमेन्ट एगेन्स्ट पेमेन्टको माध्यबाट गरिने आयातलाई आधाले घटाएको छ । एक लाख डलरसम्म गर्न सकिने आयातलाई ५० हजार डलरमा झारिएको छ  ।

त्यस्तै, चाँदी आयातको सिमा एक पटकमा ३५ हजार डलरमा सिमति पारेको छ । उक्त आयातित चाँदी ब्यवसायीले आफ्नै लागि गरगहना बनाइ बिक्री गर्न पाइने व्यवस्था गरेको छ भने हस्तकलालागयतका सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न उल्लेख गरेको छ । 

फर्वार्ड, फ्युचर्स, अप्सन र स्वाप कारोबारमा पनि थप कडाइ गरिएको छ ।डेरिभेटिभस् कारोबारमा ओपन अप्सन राख्न पाइने छैन भने  प्राथमिक पुँजीको १५ प्रतिशत मात्र गर्न पाइने छ । तीन महिनाभन्दा बढिको डेरिभेटिभ गर्न पाइने छैन ।

त्यस्तै, विदेशी मुद्राको निक्षेप खाताको अवधि एक वर्ष बनाएको छ । यस्तो खातामा अमेरिकी डलर, बेलायती पाउण्ड स्टर्लिंग, अस्टेलियन डलर, क्यानेडियन डलर, जापनिज येन र चिनियाँ युआनमा खाता खोल्न सकिने छ । त्यस्तै, विदेशमा रहेका गैरआवासीय नेपाली वा उनीहरुले खोलेको कम्पनीले मात्र खोल्न पाउने छ । 
 

प्रतिक्रिया दिनुहोस