aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

गभर्नरको तलवभन्दा भत्ता धेरै, डिपूटीको झन् धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
nepalmegaschool
गभर्नरको तलवभन्दा भत्ता धेरै, डिपूटीको झन् धेरै
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तलव भन्दा भत्ता धेरै लिने गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले भत्ता तथा सुविधाबाट तलव भन्दा धेरै रकम लिने गरेको पाइएको हो । 

गभर्नर अधिकारीले वार्षिक १३ लाख ९४ हजार ४ सय रुपैयाँ तलव राष्ट्र बैंकबाट लिन्छन् त्यस्तै उनले अन्य भत्ता र सुविधाबाट १६ लाख ४३ हजार रुपैयाँ लिने गरेका छन् । तलव भत्ता गरेर अधिकारीले वार्षिक कूल ३२ लाख ६२ हजार ४ सय रुपैयाँ लिन्छन् ।
त्यस्तै गभर्नर अधिकारीको भन्दा डिपूटी गभर्नरको भत्ता धेरै रहेको पाईएको छ । डिपूटी गभर्नर डा. निलम ढुङ्गाना तिमल्सिनाले १२ लाख १५ हजार रुपैयाँ तलव र २३ लाख ६३ हजार ७ सय २४ रुपैयाँ अन्य भत्ता र सुविधा गरी कुल वार्षिक ३६ लाख ५८ हजार ७ सय २४ रुपैयाँ राष्ट्र बैंकबाट लिने गरेकी छिन् । 

त्यसैगरी अर्का डिपुटी गभर्नर बम बहादुर मिश्रको वार्षिक तलव ११ लाख ३७ हजार ६ सय रहेको छ । साथै उनले अन्य भत्ता र सूविधा बापत राष्ट्र बैंकबाट २२ लाख ६२ हजार २ सय ४१ रुपैयाँ लिने गरेका छन् । उनले वार्षिक रुपमा तलव र भत्ता गरी राष्ट्र बैंकबाट ३४ लाख ७९ हजार ८ सय ४१ रुपैयाँ लिने गरेको राष्ट्र बैंकले जारी गरेको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस