मध्यपहाडी लोकमार्गअन्तर्गतको खुर्कोट–घुर्मी सडक सञ्चालन - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

मध्यपहाडी लोकमार्गअन्तर्गतको खुर्कोट–घुर्मी सडक सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
मध्यपहाडी लोकमार्गअन्तर्गतको खुर्कोट–घुर्मी सडक सञ्चालन
LBEF
NCH-IPS

सोलुखुम्बु । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अबिरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करीब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी गराए ।

पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौं काउण्टरका ईन्द्र कटेलले जानकारी दिए । 

“सडक अझै पनि जोखीम युक्त छ ।” उनले भने, “सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।” हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारणबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताए । 

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आउनुभएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताउनुभयो । उहाँले मोटरसाइकल एक्लैले लैजान अलि कठिन हुने भन्दै साथीसँग यात्र गर्न आफ्नो फेसबुक पेजमार्फत सुझाव दिएका थिए  । 

 यता सिद्धिचरण लोकमार्ग भने केही दिन सञ्चालनमा आउन समय लाग्ने बताइएको  छ । सडकखण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिए ।
 
  सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने सोलुुुुुुखुम्बु लगायतको जिल्लामा तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस