aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

‘हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज भाँड्न इन्भेष्टमेन्टका सिईओ नै लागे’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
‘हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज भाँड्न इन्भेष्टमेन्टका सिईओ नै लागे’
Global IME
LBF

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैकबीच मर्ज भाँड्न इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओं) नै लागेको चर्चा बजारमा चल्न थालेको छ । गत बैशाख ३० गते मर्जर सम्झौता भएको ६ महिनासम्म पनि मर्ज नटुगिनुमा दुबैं बैंक दोषी भएको देखिएको छ । मर्जको अधिकांश काम सकिए पनि  इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योति प्रकाश पाँडे नै हिमालयन बैकसँग इन्भेष्टमेन्ट बैंक मर्ज गर्न नचाहेकाले समस्या उब्जिएको इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले आर्थिकन्युज डटकमलाई बताए ।  

ती सञ्चालकले भने, ‘इन्भेष्टमेन्ट बैंकमा सीईओ पाँडे बैंक सञ्चालनका सामान्य नियम पनि पालना नगरेका कारण बैंकमा धेरै समस्या आएको छ । बैंकको लगानी सिईओ पाँडेले जताभावी गरेका कारणले धेरै लगानी समस्यामा पर्ने देखेपछि सिईओ पाँडेनै मर्ज भाँड्न लागेको बुझियो ।’

बैंकमा अर्बौको लगानी हचुवाको भरमा गरिएको उनले दावी गरे । उनले भने, पाँडेले बैंकबाट गरिएको लगानी सिमित मारवाडीलाई गरेको र उक्त लगानी गरिएको ऋणको धितो पनि कमसल खालको रहेको भेटिएको उनले बताए । 

सिईओ पाँडेले अर्बौ रकम लगानी गर्दा अधिकांश निर्णय आफै गर्ने गरेको र बोर्डलाई कुनै पनि जानकारी नहुने गरेको ती सञ्चालक बताउँछन । बैंकको लगानीमा सिईओ पाँडेले एकलौटी निर्णयबाट अर्बौ ऋण दिँदा २० प्रतिशतमात्र धितो लिएर दिएकाले मर्ज भएपछि उनको कर्तुत खुल्ने डरले मर्ज रोक्न उनी लागेको ती सञ्चालक बताउँछन् । 

नेपाल राष्ट्र बैंकले २० जेठमा मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएको समय सिमामा यहि मंसिर १९ गते सकिदै गरेका बेलामा आज सोमबार इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति बस्दै छ । आजको सञ्चालक समितिको बैठकले मर्ज भाँडिने सम्भावना बढेपछि इन्भेष्टमेन्ट बैंक अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो साधारणसभा १७ मंसिरका बोलाइसकेको छ ।

‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३’ अनुुसार सैद्धान्तिक स्वीकृति पाइसकेको बैंकबीच मर्जर नभए शेयर कारोबार थप समय रोकिने उल्लेख छ । हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको करिब ६ महिना भइसक्यो ।  

मर्जको सैद्धान्तिक सहमति लिइर मर्ज नगर्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियामा सामेल हुन निश्चित अवधिसम्म रोक लगाउन सक्ने पनि कानुनी व्यवस्था रहेका छ । त्यस्तो संस्थालाई तीन बर्षसम्म थप शाखा कार्यालय खोल्न रोक्न सक्छ  । 

यता हिमालन बैंकको मर्ज कमिटि लामो सयमसम्म नबस्नुमा सञ्चालक मनोजबहादुर श्रेष्ठले ठूलो भूमिका निभाएको आरोप छ । गत शुक्रबार बसेको हिमालयन बैंक सञ्चालक समितकिो बैंठकले पनि इन्भेष्टमेन्टसँग मर्ज गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेनन । 

हालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र मनोज बहादुर श्रेष्ठ हिमालयन बैंकको सबैभन्दा ठूला संस्थापक शेयरधनी पनि हुन् । यी दुबै मर्जका शुरुवातीदेखि नै  इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान त्यति इच्छुक थिएनन् । हिमालयन बैंकमा अन्य बैंक मजर गरेर ल्याएर बैंकमा यी दुई जनाको प्रभुत्व जमाइ राख्ने चाहान्थे । हिमालयन बैंकका अर्का धेरै शेयर भएका सुनिलबहादुर थापा र सिपी खेतानले इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्न जोड गरेपछि यी दुई दाजु भाइ मर्ज भाड्न लागेका थिए ।
 
हिमालयन बैंकका शेयरधनी मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दाजुभाइ इन्भेष्टमेन्ट बैंकसँग १ बराबर १ को अनुपातमा मर्जरमा जान नहुने अडान हालसम्म पनि यथावत नै रहेको छ । मर्ज भाँडिएको खबर बाहिर जानपूर्व नै हिमालयन बैंकले आफूलाई उपयुक्त अर्को वित्तीय संस्था मर्जमा ल्याउने सम्झौता गरेर मात्र मर्ज भाँडिएको खबर बाहिर ल्याउन योजनामा रहेको हिमालयन बैंक स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस