aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको भाउ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको भाउ ?
Global IME
LBF

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ ।  

त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२१० मा कारोबार भएकोमा आज प्रतितोला १२२० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस