aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

कांग्रेस काठमाडौंका सभापतिमा  बानियाँ निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
nabil bank
कांग्रेस काठमाडौंका सभापतिमा  बानियाँ निर्वाचित
Global IME
LBF

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे। 

यस्तै, उपसभापतिमा राजकुमार नकर्मी (१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा डा. अमिता प्रधान (२०६६) मत ल्याई निर्वाचित भएका छन् । 

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति हुनुहुन्थ्यो । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस