aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

प्रधानमन्त्री देउवा बंकरसहितको भवनमा सर्दै

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, १३ मंसिर २०७८
प्रधानमन्त्री देउवा बंकरसहितको भवनमा सर्दै
Global IME
LBF

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए।

विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन् । २ वटा भवन साढे १३ हजार वर्गमिटर क्षेत्रफलमा छन्। प्रधानमन्त्री सर्न लागेको बंकरसहितको आवासीय भवनमा २२ वटा कोठा छन्। नयाँ भवनमा जिम हल, योग तथा पूजा कोठासमेत व्यवस्था मिलाइएको छ।

आयोजनाका अनुसार नयाँ भवनको रंगरोगन गरिएको छ। भवनभित्र फर्निचर, कार्पेट, सोफा, गलैंचा, टेलिभिजन, भान्सा सजावट, पर्दा, पलङ, टेबुल, कुर्सी, राख्ने काम भइरहेको छ। भवनबाहिर पनि सरसफाइ र सजावटको काम भइरहेको छ। यसका लागि आयोजनाले २ करोड ५० लाख रूपैयाँमा टेण्डर सम्झौता गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस