aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १३ मंसिर २०७८
nepalmegaschool
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै
LBF

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  काठमाडौं । करिब एक  हप्ताअघि प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले   रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा  गरेपछि  कच्चा  तेलको  मूल्य  घट्न  थालेको  निगमले  जनाएको  छ ।  निगमका  प्रवक्ता  विनितमणि  उपाध्यायले  भने,  “कच्चा  तेलको  मूल्य  बिस्तारै  घट्न  थालेको  छ,  विशेष  गरी  अमेरिकाले  भण्डारण  गरेको  तेल  बजारमा  पठाउनु  र  कोरोनाको  नयाँ  भेरियन्टका  कारण  घट्ने  सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”

निरन्तरको  मूल्य  वृद्धिले  हरेक  १५  दिनमा  दुई  अर्ब  घाटा  बेहोरिरहेको  निगमले  सञ्चित  रकमबाट  पूर्ति  गरिरहेको  छ  ।  निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम  चलाइएको  छैन  । स्थिरिकरण  कोषको  रकम  निकासाका  लागि  निगमले  उद्योग,  वाणिज्य  तथा  आपूर्ति  मन्त्रालयसँग  अनुमति दिनुपर्छ  ।

कर्मचारी  बोनसका  लागि  सञ्चित  गरिएको  रकम  तीन  अर्ब  रुपैयाँ छ । सो  रकम  पनि  नचलाइएको  निगमका  प्रवक्ता  उपाध्यायले  बताए ।  यी  सब  गर्दा  निगमसँग हाल २१ अर्ब रुपैयाँरकम रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य छिट्टै  नघट्ने  हो भने नेपालको घाटा निगमले लामो समय थेग्न नसक्ने निगमले जनाएको छ । तत्कालका  लागि  सञ्चित  रकमबाट  कारोबार  गरिए पनि लामो समय टिक्न नसकिने उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस