aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

मौसम पूर्वानुमानः ब़ंगलादेश र अरब सागरको न्यूनचापीय प्रभाव नेपालमा पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
मौसम पूर्वानुमानः ब़ंगलादेश र अरब सागरको न्यूनचापीय प्रभाव नेपालमा पर्ने
Global IME
LBF

काठमाडौं । हाल नेपालमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 देशका पहाडी भागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरैभागमा हुस्सु् र कुहिरो रहेको छ । त्यस्तै, सोमबार दिउँसो देशको पहाडी भू(भागहरुमा  औशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती  देशभर  आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै, मंगलबार दिउँसो देशभर आंशिकदेखि बदली रहने  छ। गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

राती   देशको पहाडी भागमा सामान्य बदली तथा बाँकी भागमा आंशिक बदली  रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
बुधबार दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाकी भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक(दुई स्थानमा हल्का हिमपात र सो प्रदेशको पहाडी भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाकी भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको केही स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ र सो प्रदेशको पहाडी भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस