aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

शेयर बजारमा ८०.२९ अंकको गिरावट, ५ अर्ब ८३ करोडको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
शेयर बजारमा ८०.२९ अंकको गिरावट, ५ अर्ब ८३ करोडको कारोबार
Global IME
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।  आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा राताम्मे छाएको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा आइसीएफसी फाइनान्स र सामलिङ पावर कम्पनी रहेको छ । आज आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता ९३२ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ३४६.८० रुपैयाँ पुगेको छ ।         

त्यस्तै, आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यी कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज २९ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।   
          
 

प्रतिक्रिया दिनुहोस