शेयर बजारमा उतार चढावपूर्ण रहेको आव २०७५/०७६ यस्तो देखियो - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

शेयर बजारमा उतार चढावपूर्ण रहेको आव २०७५/०७६ यस्तो देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
शेयर बजारमा उतार चढावपूर्ण रहेको आव २०७५/०७६ यस्तो देखियो
LBEF
NCH-IPS

काठमाडौं । गत आर्थिक वर्ष भरीमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ प्रतिशतले बढेको छ । २०७५ साउन १ गते नेप्से १२०४.३१ को बिन्दुमा रहेको नेप्से आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तमा १२५९.०१ को बिन्दुमा रहेको थियो । 

गत आर्थिक वर्षमा नेप्से सबैभन्दा उच्च १३२१ को बिन्दुमा पुग्न सफल भएको थियो भने न्यूनतम् ११५८ को बिन्दुमा झरेको थियो ।

त्यस्तै बैंकिङ समूहमा यस अवधिमा ११.२१ प्रतिशतले बढेर ११३३.०४ को बिन्दुमा रहेको छ । आवको शुरुवातमा ११०८.७९ को बिन्दुमा रहेको थियो ।

त्यस्तै फाइनान्स समूहमा २.७३ प्रतिशतले बढेर ६२६.०२ को बिन्दुमा रहेको छ । होटल समूहमा १८.४० प्रतिशतले बढेर २१२३ .७० को बिन्दुमा, जलविद्युत् समूहमा १७.३७ प्रतिशतले घटेर १२०५ .४७ को बिन्दुमा, विकास बैंकमा १३.१७ प्रतिशतले बढेर १६१३.८७ को बिन्दुमा, उत्पादक तथा प्रशोधन समूहमा २०.१२ प्रतिशतले बढेर २६७६.८२ को बिन्दुमा रहेको छ ।

 त्यस्तै अन्य समूह शून्य दशमलव ८० प्रतिशतले बढेर ७१८ दशमलव ५७ को बिन्दुमा रहेको छ भने ‘क’ वर्गका मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ९५ प्रतिशतले बढेर २ सय ७१ दशमलव २५ को बिन्दुमा रहेको छ ।
 
एक वर्षको अवधिमा शेयर बजारको पुँजीकरण १ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँ अर्थात १० दशमलव ४० प्रतिशत बढेको छ ।

आर्थिक वर्षको शुरुवातमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र पुँजीकरण १४ खर्ब ३५ अर्ब १३ करोड रुपैयाँ पुगेको थियो । असार मसान्तसम्म आइपुग्दा पुँजीकरणमा बढेर १५ खर्ब ८४ अर्ब ३९ करोड रुपैयाँमा पुगेको छ । एक वर्षको अवधिमा नेप्सेमा विभिन्न कम्पनीको ६९ अर्ब रुपैयाँ बराबरको शेयर पनि थपिएको छ । थपिएको शेयर बाहेक समग्रमा लगानीकर्ताको सम्पत्ति ६३ अर्ब रुपैयाँ मात्रै बढेको छ ।

आर्थिक वर्षको शुरुवातमा  ५ लाख १४ हजार १ सय ६१ कित्ताको शेयर खरिदबिक्री भई २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाँ कारोबार भएको थियो भने आर्थिक वर्षको अन्तिम दिनको कारोबार रकम ३४ करोड ७२ लाख ८९ हजार २७५ रुपैयाँ रहेको थियो । यस १ वर्षमा कारोबार रकम १४ करोड १२ लाख रुपैयाँ बराबरले बढेको छ ।
 

प्रतिक्रिया दिनुहोस