aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

एफपीओ जारी गर्ने प्रस्तावसहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
एफपीओ जारी गर्ने प्रस्तावसहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?
Global IME
LBF

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको ८ औं साधारणसभा गर्न लागेको हो । सो साधारणसभा पुस ७ गते बुधबार बिहान ११ः३० बजे मिराबेल रिसोर्ट एण्ड होटल धुलिखेल काभ्रेमा हुँदैछ ।

साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ५ करोड ७१ लाख २४ हजार रुपैयाँ बोनस शेयर ५ प्रतिशतका दरले हुन आउने १ करोड ८२ लाख ८१ हजार रुपैयाँे नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । 

साविक समता घरेलु लघ्वित्त र साविक घरेलु लघुवित्तबिच मर्जर भई एकिकृत कारोबार सुरु भएको हुँदा घोषित लाभांशमा लाग्ने करको रकम भने छुट्याएको छैन ।  

साथै संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिम सेयर संख्या ७०ः३० कायम हुने गरी पुन साधारण शेयर एफपीओ  जारी गर्ने भएको छ ।

त्यसैगरी वित्तीय संस्थाको सञ्चालक समितिमा एक जना महिला सञ्चालक सहित ६ जना सञ्चालक मध्ये संस्थापक समुहबाट प्रतिनितधत्व गर्ने ४ जना र सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक समेत नियुक्त गर्ने भएको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म शेयरधनी किताब खाता (बुक क्लोज ) गर्ने भएको छ । यस अनुसार मंसिर २३ गतेसम्म कायम भएका शेयरधनीहरुले  कम्पनीले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागी हुन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस