aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

स्टार्टअप सक्सेस अवार्डबाट ‘खल्ती’ सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
स्टार्टअप सक्सेस अवार्डबाट ‘खल्ती’ सम्मानित
Global IME
LBF

काठमाडौं । ‘न्यु बिजिनेस एज’द्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्यारो पे प्रालि) लाईस्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ । ५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको छ । हाल कम्पनीमा २३०+ जना खल्ती परिवार छन् भने ६०,०००+ व्यापारी तथा २० लाख+ खल्तीका प्रयोगकर्ताहरूले ’खल्ती’लाई विश्वास गर्दै आएका छन् । 

यस उपलब्धिमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यस सम्मानको योग्य बन्न पुर्याउनु भएको योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्ट र प्रयोगकर्ताहरूलाई धन्यवाद दिन चाहन्छौं। सहजताको साथ वित्तीय साक्षरता र पहुँच, हरेक नेपाली माझ पुग्न केही समय लाग्नेछ । त्यहाँ नपुगुन्जेल हामी कडा परिश्रम गरिरहनेछौं ।” 

खल्ती नेपालको फिनटेक उद्योगमा एक युवामैत्री, प्रचलित र नवीन ब्रान्ड बन्न पुगेको छ । हाल, लाखौं मानिसहरू नियमित रूपमा स्वयम् र एजेन्ट नेटवर्क मार्फत विभिन्न बिल भुक्तानी सेवाहरूको लागि व्यापक रूपमा प्रयोग गर्छन् । प्रयोगकर्ताहरूले विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल र म्त्ज् रिचार्ज, उडान र होटल बुकिङ, चलचित्र र कार्यक्रम टिकट, पत्रिकाको शब्स्क्रिप्शन, अनलाइन सपिङ साइट भुक्तानीहरू र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरू बीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् ।   

प्रतिक्रिया दिनुहोस