aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

बाघको दाँत र श्रोत नखुलेको नगदसहित भिम रावत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
बाघको दाँत र श्रोत नखुलेको नगदसहित भिम रावत पक्राउ
Global IME
LBF

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट बाघको जस्तो देखिने दाँत १ थान र श्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ सहित सोही उपमहानगरपालिका-६ बस्ने ५९ वर्षीय भिम रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त दाँत र नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस