aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

तीन दिनको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
तीन दिनको मौसम पूर्वानुमान
Global IME
LBF

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक र दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो  प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु(भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती  देशका पहाडी भागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु(भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो  प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु(भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती  देशका पहाडी भागहरुमा आंशिकदेखि बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आईतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती  देशको अधिकांश भागहरुमा आँशिक बदली रहने छ ।

प्रतिक्रिया दिनुहोस