aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था
Global IME
yamaha_MAW
LBF

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयन  मन्त्रालयका सचिव यादव प्रसाद कोईला  र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा  उद्घाटन गरेका हुन् ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।
 

प्रतिक्रिया दिनुहोस