aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

राष्ट्रिय अर्थतन्त्रमा कुन प्रदेशको कति छ योगदान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
Citizen life
nabil bank
राष्ट्रिय अर्थतन्त्रमा कुन प्रदेशको कति छ योगदान ?
Global IME
yamaha_MAW
LBF

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा मुलुकको कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को सबैभन्दा बढी हिस्सा २१.५ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार मुलुकको कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को सबैभन्दा बढी हिस्सा रहेको देखिएको हो ।     

त्यस्तै, मुलुकको उद्योग क्षेत्रमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशको ३०.५ प्रतिशत र सेवा क्षेत्रमा पनि बागमती प्रदेशको सबैभन्दा बढी हिस्सा ४६.७ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी, मुलुकको कृषि क्षेत्रको समग्र उत्पादनमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ५.२ प्रतिशत, उद्योग क्षेत्रको समग्र उत्पादनमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ३.३ प्रतिशत र मुलुकको सेवा क्षेत्रमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ३.७५ प्रतिशत रहने अनुमान रहेको छ । 

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत योगदानका आधारमा हेर्ने हो भने आर्थिक वर्ष २०७७/७८ को अनुमानित कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु. ४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये बागमती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत रहेको छ । त्यस्तै, कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत तथा प्रदेश नं. २ को हिस्सा १३.२ प्रतिशत रहेको अनुमान छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा समीक्षा वर्षको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको अंश बढेकोमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको अंशमा सीमान्त ह्रास आएको अनुमान छ ।   

गत आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर बढेको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेश र सुदूरपश्चिम बाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ऋणात्मक रहेको थियो । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर बागमती प्रदेशमा ४.६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रदेश नं. २ मा ३.५२ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी प्रदेश नं. २ मा ३८.३ प्रतिशत रहने अनुमान छ । त्यसैगरी उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकी प्रदेशको १७.५ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा बढी योगदान बागमती प्रदेशको ७७.४ प्रतिशत रहेको छ । 

उद्योग क्षेत्रमा प्रदेश नं. २ को हिस्सा क्रमशः ११.५ प्रतिशत रहेको छ । प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा कम बागमती प्रदेशमा ११.८ प्रतिशत रहने अनुमान छ । त्यस्तै, उद्योग क्षेत्रको योगदान सबैभन्दा कम कर्णाली प्रदेशको १०.७ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान प्रदेश नं. १ को ४८.६ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा प्रदेश नं. २ को हिस्सा ५०.२ प्रतिशत रहेको छ ।  

राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको क्षेत्रगत योगदानका आधारमा हेर्ने हो भने आर्थिक वर्ष २०७७/७८ मा मुलुकको कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को सबैभन्दा बढी हिस्सा २१.५ प्रतिशत रहने अनुमान रहेको छ । त्यस्तै, मुलुकको उद्योग क्षेत्रमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशको ३०.५ प्रतिशत र सेवा क्षेत्रमा पनि बागमती प्रदेशको सबैभन्दा बढी हिस्सा ४६.७ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी, मुलुकको कृषि क्षेत्रको समग्र उत्पादनमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ५.२ प्रतिशत, उद्योग क्षेत्रको समग्र उत्पादनमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ३.३ प्रतिशत र मुलुकको सेवा क्षेत्रमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ३.७५ प्रतिशत रहने अनुमान रहेको छ । 
बागमती प्रदेशमा सबैभन्दा बढी निक्षेप परिचालन
संकलित कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको अंश १.२ प्रतिशत रहेको छ । कुल निक्षेप परिचालनमा प्रदेश नं. २ को योगदान ५.२ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५६.४ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश १.२ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा प्रदेश नं. २ को अंश ८.८ प्रतिशत रहेको छ । 

कुल कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा/अंश ३६.२ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.४ प्रतिशत रहेको छ । प्रदेश नं. २ मा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६ प्रतिशत रहेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ३९.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.९ प्रतिशत रहेको छ । प्रदेश नं. २ मा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ९.६ प्रतिशत रहेका छन् । 

प्रति शाखा बैंकिङ्ग सेवा लिने सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा १ हजार ८ सय ५१ जना रहेका छन् भने सबैभन्दा बढी प्रति शाखा बैंकिङ्ग सेवा लिने कर्णाली प्रदेशमा ४ हजार ४ सय ५७ जना रहेका छन् । प्रदेश २ मा यस्तो संख्या ३ हजार ९ सय ५२ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस