aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छः मन्त्री अथक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छः मन्त्री अथक
Global IME
yamaha_MAW
LBF

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन् । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताएका छन् । 

मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबि निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताउनुभएको हो । कुल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै मन्त्री अथकले सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राख्दै आएका छन् । 

मन्त्रालय मार्फत युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री अथकको बुझाई छ । सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्धेश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको भन्दै मन्त्री अथकले चिन्ता समेत ब्यक्त गरे । 

मन्त्रालयका औपचारीक तथा आन्तरीक बैठकहरुमा समेत मन्त्री अथकले युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिदैं आएका छन् । विदेशी भुमीमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनकालागि आवश्यक रणनिति तय गर्न बृहत्त युवा सम्मेलनको आवश्यकता महशुस गरेको बताउँदै मन्त्री अथकले प्राकृतीक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धीको नयाँ ढोका खोल्न सकिने विश्वास समेत ब्यक्त गर्दै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस