aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

'खानीको टेण्डरमा चलखेल गर्न खोजे'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
'खानीको टेण्डरमा चलखेल गर्न खोजे'
Global IME
yamaha_MAW
LBF

काठमाडौं । खानी तथा भूगर्भ विभागले गत वैशाखमा खुलाएको विभिन्न खानीहरुको टेण्डरमा ढिलासुस्ती र चलखेलका कारण अहिलेसम्म स्वीकृत भएको सूचना जारी हुन सकेको छैन ।

 विभागका अनुसार महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार खानी टेण्डरको अध्ययन गर्न बनेको टोलिले तिहारपछि मात्र प्रतिवेदन दिएकाले ढिलासुस्ती भएको बताएका छन् । अध्ययन सकिन केहि दिन लाग्ने उनले जानकारी दिए । उनले भने, केहि दिनमा अध्ययनको प्रतिवेदन सहित सबै प्रक्रिया सार्वजनिक गर्छौ ।’ दुई महिनादेखि टेण्डर अवार्ड भएको सूचना जारी हुन नसकेको कारण टेण्डर प्रक्रियामा चलखेल भएको अनुमान समेत लगाउन थालिएको छ । 

 स्रोतका अनुसार उच्च तहका केही व्यक्तिले सूचना ननिकाल्न दबाब दिएको बताईएको छ । विभागको टेण्डर मुल्यांकन समितिले गत भदौमा कम्पनीहरुको प्राविधिक प्रस्ताव र असोज २२ गते आर्थिक प्रस्ताव खोलेको थियो ।

 प्राविधिक प्रस्तावमा पास भएका केही कम्पनीहरुको आर्थिक प्रस्ताव गत असोज २२ गते खोलिएको थियो । विभागका उपमहानिर्देशक जयराज घिमिरेको संयोजकत्वमा गठित मुल्यांकन समितिले टेण्डरको प्राविधिक र आर्थिक प्रस्ताव सम्पन्न भईसकेर प्रतिवेदन पेश गरिसकेको झण्डै डेढ महिना पुग्न बताइन्छ ।

महानिर्देशक घिमिरेले उक्त टेण्डर सम्बन्धी प्रतिवेदन अहिलेसम्म आफ्नै टेबलमा राखेर थन्काएका छन् । खानी तथा भूगर्भ विभागले गत बैशाख २ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा नेपालका विभिन्न ठाउँहरुमा चुनढुंगा, मार्बल, बालुवा, तामा र काउलिन जस्ता खनिज पदार्थहरुको खोजतलास अध्ययन र उत्खनन् सम्बन्धी टेण्डर प्रकाशित गरेको थियो । उक्त समयमा कोभिड–१९ को प्रकोप बढिरहेको बेला विभागले टेण्डरको म्याद थप गरी अन्तिम पटक असार २७ गते प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने समय जारी गर्याे ।

उक्त टेण्डर प्रक्रियामा १३ वटा खानीको बोलपत्र आवहान भएकोमा ९ वटाको लागि आवेदन परेको विभागका प्रवक्ता जयराम घिमिरेले आर्थिकन्युज डटकमलाई बताए । अध्ययन सकिन केहि दिन लाग्ने उनले जानकारी दिए । उनले भने, ‘केहि दिनमा अध्ययनको प्रतिवेदन सहित सबै प्रक्रिया सार्वजनिक गर्छौ ।’

प्रतिक्रिया दिनुहोस