aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

२०२२ मा भारतमा ४२ दिन सरकारी विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
२०२२ मा भारतमा ४२ दिन सरकारी विदा
Global IME
yamaha_MAW
LBF

एजेन्सी । अब अग्रेजी नयाँ वर्ष शुरु हुन डेढ महिना मात्रै बाँकी छ । २०२२ सालले खुशी मात्रै नभई खराब चरणको अन्त्य पनि ल्याओस् भन्ने सबैको आशा छन् । भातरमा बिदाको हिसाबले पनि २०२२ धेरै विशेष रहने छ । २०२१ जस्तै २०२२ मा पनि ४२ वटा सरकारी बिदा हुनेछ । 

सन् २०२२ मा १८ ग्याजेट बिदा हुनेछन् भने बाँकी रिष्ट्रिक्टेड बिदा हुनेछन् । रिष्ट्रिक्टेड बिदाहरू ती बिदाहरू हुन् जसमा संस्थाको मालिक वा कुनै कम्पनीले कर्मचारीहरूका लागि कार्यालय खोल्न सक्छन । तर यस दिन सामान्यतया कार्यालय बन्द रहन्छन । नयाँ वर्ष जस्तै, वसन्त पञ्चमी, लोहरी, जन्माष्टमी, रक्षा बन्धन वा गुरु नानक जयन्ती सबै रिष्ट्रिक्टेड बिदाको वर्गमा आउँछन् । 

 जनवरी १ (नयाँ वर्ष), जनवरी १४ (मकर संक्रान्ति), जनवरी १४ (पोंगल), जनवरी १५ (गणतन्त्र दिवस), फेबु्रअरी ६ (वसन्त पंचमी), फेब्रुअरी २५ (हजरत अलीको जन्मदिन) फेब्रुअ २७ (महर्षि दयानन्द सरस्वती जयन्ती) र फागुन २८ (महाशिवरात्रि) परेको छ । 

 चैत्र १७ (होलिका दहन), चैत १८ (डोलयात्रा), मार्च २० (शिवाजी जयन्ती), मार्च २० (पारसी नयाँ वर्ष), अप्रिल १ (चैत्र सुखलादी), अप्रिल १३ (वैसाखी), १४ अप्रिल (महावीर जयन्ती), अप्रिल १५ (गुड फ्राइडे), अप्रिल १७ (इस्टर) र अप्रिल २९ (जमात–उल–विदा) पर्ने छ ।

मे ७ (रवीन्द्रनाथको जन्मदिन), मे १५ (बुद्ध पूर्णिमा), जुन ३० (रथयात्रा), जुलाई ३० (मुहर्रम–आशुरा), ११ अगस्ट (रक्षा बन्धन), १५ अगस्ट (स्वतन्त्रता दिवस), १८ अगस्ट (जन्माष्टमी) र ३० अगस्ट (गणेश चतुर्थी–विनायक चतुर्थी) परेको छ । 

७ सेप्टेम्बर (ओणम), २ अक्टोबर (महात्मा गान्धी जयन्ती), ४ अक्टोबर (दशहरा), ८ अक्टोबर (मिलाद उन–नबी), ९ अक्टोबर (महर्षि वाल्मिकी जयन्ती), २४ अक्टोबर (नरक चतुर्दशी), २४ अक्टोबर (दीपावली), २५ अक्टोबर (गोवर्धन पूजा), २७ अक्टोबर (भाई दूज), ३० अक्टोबर (छठ पूजा), २४ नोभेम्बर (गुरु तेग बहादुर शहीद र २५ डिसेम्बर (क्रिसमस डे) विदा हुने छ । 

भारतमा शनिबार–आइतबारको दिन कुनै चाड पर्यो भने एक छुट्टी बिग्रिने छ । यो पर्व अरु कुनै दिन पर्यो भने २०२२ को क्यालेन्डर हेर्दा हप्तामा एउटा बिदा हो भने यसपटक पनि शनिबार–आइतबार धेरै बिदा दिइएको छ ।
 

प्रतिक्रिया दिनुहोस