aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

गुण एयरलाइन्सको चितवन–पोखरा उडान सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
गुण एयरलाइन्सको चितवन–पोखरा उडान सुरु
Global IME
yamaha_MAW
LBF

भरतपुर । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनका लागि  भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो ।

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि  भीड बढ्न थालेको बताए । उनले भने, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”  

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि  विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, “काठमाडौंमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।”  
 
असोज १ गतेदेखि  काठमाडौंबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौंका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौंबाट भरिएर आउन थालेको जानकारी दिए । उनले भने, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”  

प्रतिक्रिया दिनुहोस