aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

बिहीवार हुन सकेन न्यादी हाइड्रोपावरको शेयर कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
बिहीवार हुन सकेन न्यादी हाइड्रोपावरको शेयर कारोबार
Global IME
yamaha_MAW
LBF

काठमाडौं । बुधवार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत भएको न्यादी हाइड्रोपावर लिमिटेडको कारोबार भने बिहीवार हुन सकेन । सूचीकृत नयाँ कम्पनीको नियमित कारोबारका लागि प्रि ओपनिङ्ग सेसनमा अर्डर म्याच भई कारोबार भएपछि मात्र नियमित सेसनमा कारोबार सुरु हुन्छ । बिहीवारदेखि कारोबारयोग्य भएको कम्पनीको नियमित शेयर कारोबार भने प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हुन नसकेको हो । 

कम्पनीले बुधवार धितोपत्र दोस्रो बजारमा १ करोड ५० लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९४ दशमलव २३ देखि रू. २८२ दशमलव ३९ सम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको स्टक संकेत भने एनवाईएडिआई दिएको छ । 

कम्पनीले सर्वसाधारणमा असोज १५ गतेदेखि १९ गतेसम्म आईपीओ विक्री खुला गरी कात्तिक ५ गते बाँडफाँट गरेको थियो । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस