aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा
NIBL

बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो । 

गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।  

यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस