aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

बन्द भएका उद्योग व्यवसायमध्ये ८७.२ प्रतिशत सञ्चालनमा आए

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, ०९ मंसिर २०७८
Citizen life
nabil bank
बन्द भएका उद्योग व्यवसायमध्ये ८७.२ प्रतिशत सञ्चालनमा आए
Global IME
yamaha_MAW
LBF

काठमाडौं । कोभिड–१९ को महामारी र यसको रोकथामका लागि गरिएको लकडाउन, निषेधाज्ञालगायतका कारण प्रभावित भएको अर्थतन्त्र पुरानै स्थितिमा फर्किन थालेको छ । कोभिड महामारीले बन्द भएका उद्योग, कलकारखाना तथा व्यावसायिक गतिविधि पुरानै लयमा फर्किन थालेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्ध फलोअप अध्ययनमा कोभिड महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७.२ प्रतिशत सञ्चालनमा आएका छन् । 

कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग÷व्यवसाय मात्र पूर्णरूपमा सञ्चालनमा रहेकोमा २०७८ कात्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको छ । गत वैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालन हुन नसकेकोमा कात्तिकमा २.३ प्रतिशत उद्योग÷व्यवसायमात्र सञ्चालन हुन नसकेको पाइएको छ । पुँजीका आधारमा ५० करोडभन्दा बढी लगानी भएका उद्योग कलकारखाना भने पूर्णरूपमा सञ्चालनमा आएका छन् । ठूला उद्योगमध्ये ९०.९ प्रतिशत पूर्णरूपमा र ९.१ प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएका छन् ।

 केन्द्रीय बैंकले २०७७ असारमा गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो । यसैगरी २०७७ मंसिरमा भएको पहिलो फलोअप सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरूपमा, ३७ प्रतिशत उद्योग/व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र नौ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा बन्द रहेको देखाएको थियो ।

यसैगरी २०७८ वैशाखमा सम्पन्न गरेको दोस्रो फलोअप सर्वेक्षणमा ८१.२ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।राष्ट्र बैंकले कात्तिक ७ गतेदेखि १७ गतेसम्म टेलिफोन अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको थियो । 

उद्योग व्यवसाय सञ्चालनसँगै उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन/कारोबार बढे पनि होटल तथा रेस्टुराँ क्षेत्रको सुधार तुलनात्मक रूपमा कम छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढे पनि कोभिड महामारी अगाडिको अवस्था भने अझै उत्पादन/कारोबार पुगिनसकेको प्रतिवेदनले औंल्याएको छ । उद्योग/व्यवसायहरूले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । 

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३।४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत, ग्यास तथा पानीलगायत क्षेत्रका उद्योग÷व्यवसायको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको प्रतिवेदनले आंैल्याएको छ ।

प्रतिक्रिया दिनुहोस