aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सिजि ब्राण्डको ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
Citizen life
nabil bank
सिजि ब्राण्डको ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज बजारमा
Global IME
yamaha_MAW
LBF

काठमाडौं ।  सिजि ब्राण्ड‌ अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ । सिजि मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इनभर्टर कम्प्रेसर’ जस्ता उतकृष्ट प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो । 

प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।

बजारमा आएको यस ‘सिजि मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो, जसमा  भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले विजुलीको बचत गर्नका साथै इनर्जी इफिसेन्ट पनि रहेको कम्पनीको दावी रहेको छ । साथै ‘डिजिटल इनभर्टर कम्प्रेसर’ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रुपले चल्न पनि मद्दत पुर्याउँने कम्पनीले जनाएको छ ।  

त्यसैगरी, मेरिडिया फ्रिज, साइक्लोपेनटेनजस्ता सुविधा जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समयसम्म ताजा राख्छ, र कम समयमै खानालाई अत्याधिक ताजगी प्रदान गराउने थप प्रविधिहरूबाट निर्मित गरिएको उत्पादन हो । 

कम्पनीले यस फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी समेत उपलब्ध गराएको छ । सिजि ब्राण्डले आउने दिनहरूमा‘सिजि मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस