aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

वैदेशिक व्यापारको आकार ६५.४५ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
Citizen life
nabil bank
वैदेशिक व्यापारको आकार ६५.४५ प्रतिशतले बढ्यो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष २०७८र७९ को चार महिनामा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने जम्मा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको छ । जसले गर्दा ५ खर्ब ६८ अर्ब १७ लाख रुपैयाँको व्यापार घाटा भएको बुधबार भन्सार विभागले सार्वजनिक गरेका तथ्यांकमा उल्लेख छ । 

तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारको आकार ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो ।

 ८२ अर्ब रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब रुपैयाँको मात्रै निर्यात भएको थियो । सो यो वर्षकोभन्दा १०४ प्रतिशतले कम निर्यात हो । गत आर्थिक वर्ष २०७७र७८ को चार महिनामा नेपालमा जम्मा ४ खर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । यो वर्षको चार महिनाको तुलनामा ६१ प्रतिशतले कम हो । 

 भन्सारका विभागका अनुसार चालू वर्षको चार महिनामा व्यापार घाटा बढेर ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । यो, गत वर्षको यही अवधिको व्यापार घाटाभन्दा ५६ प्रतिशतले बढेको हो । 

गत वर्षको चार महिनाको अवधिमा नेपालले जम्मा ३ खर्ब ६२ अर्ब रुपैयाँ व्यापार घाटा रहेको थियो । साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले कूल ७ खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गर्दा ५ खर्ब ६८ अर्बको घाटा भएको विभागले जनाएको छ । गत साउनदेखि कात्तिक मसान्न्तसम्म खनिज इन्धन तथा तेल र बिटुमिनको आयातमा ८८ अर्ब २४ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । जुन नेपालबाट भएको कुल निर्यात भन्दा पनि बढी हो ।

यो अवधिमा ५५ अर्ब ६२ करोड रुपैयाँ बराबरको आइरन तथा स्टील आयात भएको देखिएको छ । सवारी साधनको आयातबाट ४४ अर्ब ५९ करोड रुपैयाँ विदेशिएको छ । विद्युतीय सामान तथा उपकरणको आयात भने ४६ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति घिउ तथा तेल र सो जन्य सामग्रीको आयात ५६ अर्ब २४ करोड रुपैयाँ बराबरको रहेको छ । घिउ तथा तेलजन्य पदार्थको निर्यात भने ४७ अर्ब ४६ करोड रुपैयाँको रहेको छ ।

प्रतिक्रिया दिनुहोस