aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
Citizen life
nabil bank
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहिवार
Global IME
yamaha_MAW
LBF

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहिवार मंसिर ९ गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि  मंसिर १० गते बुक क्लोज गरेसँगै मंसिर ९ गते बिहिवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारीतका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवालभवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस