aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
Citizen life
nabil bank
सोमबार सुनको मूल्यमा सामान्य वृद्धि
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको छ ।     

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ । आइतबार भने सुनको मूल्य सात सयले घटेको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएकोमा आज बढेर चाँदीको मूल्य प्रतितोला १२७० कायम भएको महासंघले जनाएको छ ।       

प्रतिक्रिया दिनुहोस