aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सोयाविन तेल निर्यातमा नेपाललाई छैन फाइदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
Citizen life
nabil bank
सोयाविन तेल निर्यातमा नेपाललाई छैन फाइदा
Global IME
yamaha_MAW
LBF

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।  
     
निर्यात हुने भन्सार विन्दुका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको देखिन्छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ ।    
निर्यात बृद्धिमा सबैभन्दा ठुलो योगदान तेलको रहेको छ । तर, यसबाट बढेको निर्यातमा उत्साहित बन्नुपर्ने देखिदैन । किनकी यी वस्तु आयातित कच्चा पदार्थबाट उत्पादन भई निर्यात हुने हुन् । जसबाट मुलुकलाई ठुलो लाभ हुने देखिदैन ।    

कूल निर्यातको ठूलो हिस्सा नै यस प्रकारको आयातित कच्चा पदार्थबाट निर्मित सामाग्री बन्दा निर्यातमा देखिएको बृद्धिबाट समेत उत्साहित बन्न नमिल्ने अवस्था बनेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई नै हेर्ने हो भने चालू आर्थिक वर्षको पहिला तीन महिनामा सोयाविन तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

तर, सोयाविन तेल तयार गर्दा प्रयोग गरिने कच्चा पदार्थको आयात पनि उल्लेख्य मात्रामा बढेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म निर्यात हुने उक्त तेलको कच्चा पदार्थ आयातमा १५३.३ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसरी हेर्दा नेपालको निर्यातमा यस तेलको योगदान ३६.२ प्रतिशत मात्रै रहेको देखिन्छ ।  

त्यसैगरि, चालू आर्थिक वर्षको तीन महिनामा पाम तेलको आयात निर्यात भने शून्य रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । त्यस्तै, निर्यातको ठूलो हिस्सा लिएको अर्को वस्तु हो, पिना । चालूू आर्थिक वर्षको तीन महिनामा पिना निर्यातमा २४४.८ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, यस अवधिमा सबैभन्दा बढी निर्यात हुने वस्तुहरुमा ज्वलरीका समानहरु पनि रहेका छन् । यस अवधिमा सिल्भर एण्ड ज्वलरी निर्यातमा १६१.७ प्रतिशतले वृद्धि भएको छ । साथै, पत्थर निर्यातमा ६८.९ प्रतिशतले बढेको छ भने जुस निर्यातमा ५१.८ प्रतिशत, धागोमा ३७.९ प्रतिशत र जुटमा ३९.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस