अब पाइपलाइनबाटै अमलेखगन्जमा डिजेल - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

अब पाइपलाइनबाटै अमलेखगन्जमा डिजेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
Sunrise bank
अब पाइपलाइनबाटै अमलेखगन्जमा डिजेल
LBEF
NCH-IPS

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अब सिधै पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ । बीचमा कुनै प्राविधिक समस्या नआए बिहीबार मध्यराति नै पेट्रोलियम पदार्थ नेपाल आइसकेको हुनेछ ।

नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक मोतिहारीबाट डिजेल पठाइएको हो । सो पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा खस्ने व्यवस्था मिलाइएको छ ।

अमलेखगन्जबाट डिजेल पठाउनुअघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइनमार्फत डिजेल पठाइएको हो ।

मोतिहारीबाट पम्पिङ गरिएको डिजेलको अघिल्लो भागमा पानी रहेको छ । सो तेल अमलेखगन्जमा आइसकेपछि प्रशोधन गरिनेछ । पानी र तेल छुट्टाएपछि डिपोमा राखिनेछ ।

यसका लागि चारवटा ट्यांकीलाई तयारी अवस्थामा राखिएको छ । सो पाइपलाइनको औपचारिक उद्घाटन भने हुन बाँकी रहेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस