aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आजको विदेशी मुद्राको विनिमयदर स्थिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
आजको विदेशी मुद्राको विनिमयदर स्थिर
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । विहीबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रिदर ११९ रुपैयाँ १४ पैसा रहेको थियो । 

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीबार  एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रिदर १३५ रुपैयाँ ७५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको छ । विहीबार बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९६ पैसा रहेको थियो ।     

जापानीज एन १० को खरिददर १० रुपैयाँ ३८ पैसाँ र विक्री दर १० रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै,साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५९ पैसाँ र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस