यि हुन चुक्ता पूँजी नपु¥याउने नौ बीमा कम्पनी - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

यि हुन चुक्ता पूँजी नपु¥याउने नौ बीमा कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
Sunrise bank
यि हुन चुक्ता पूँजी नपु¥याउने नौ बीमा कम्पनी
LBEF
NCH-IPS

बीमा समितिले तेस्रो पटक दिएको म्याद गुज्रिँदा पनि नौवटा बीमा कम्पनीले तोकिएको न्यूनतम चुक्तापूँजी पु¥याउन सकेका छैनन् । जीवन बीमा कम्पनीहरुलाई रु. दुई अर्ब र निर्जीवनलाई रु. एक अर्ब न्यूनतम चुक्तापूँजी पु¥याउन २०७५ असार मसान्तसम्मको म्याद दिइएको थियो । समितिले २०७४ माघ १३ मा त्यससम्बन्धी निर्देशिका जारी गरेको थियो । पहिलोपटक २०७५ असार मसान्त, दोस्रोपटक २०७५ पुस मसान्त र तेस्रोपटक २०७६ असार मसान्तसम्मको म्याद दिइएको थियो ।
तर, उक्त म्याद गुज्रिँदा पनि चार जीवन र पाँच निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी पु¥याउन नसकेका हुन् । चुक्तापूँजी पु¥याउन नसक्ने जीवन बीमा कम्पनीहरुमा प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थान छन् । यस्तै, निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल, लुम्बिनी जनरल र राष्ट्रिय बीमा कम्पनीले चुक्तापूँजी पु¥याउन नसकेको समितिका एक उच्च अधिकारीले जानकारी दिएको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस