aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

कर दिवसमा यी व्यक्ति तथा कम्पनीलाई सरकारले सम्मान गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
Citizen life
nabil bank
कर दिवसमा यी व्यक्ति तथा कम्पनीलाई सरकारले सम्मान गर्यो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८मा विभिन्न कम्पनी, व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ। टेलिकम्युनिकेशन क्षेत्रमा सबैभन्दा बढी कर बुझाउने नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)लाई सरकारले सम्मान गरेको छ। ब्यक्तिगत तर्फ सिप्रदी ट्रडिङका सञ्चालक सिद्धार्थ राणाले बढि कर तिरेर सम्मानित भएका छन्। 

डाबर नेपालका शशिरञ्जन मिश्र, सुर्य नेपालका रवि केसी, एसियन पेन्ट्सका गोपाल श्रेष्ठलगायत धेरै जना सम्मानित भएका छन्। त्यस्तै बैंकिङ तर्फ नबिल बैंकका अनिल शाहलाई सम्मान गरेको छ । त्यस्तै, स्वास्थ्य तर्फबाट नोबेल मेडिकल हस्पिटल, पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिरेर सम्मानित भएको छन। सुपरमार्केट तर्फबाट भाटभटेनी सम्मानित भएको छ । 

त्यस्तै, बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् । त्यस्तै, आन्तरिक राजस्व विभागले सर्वाधिक कर तिरेबापत कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये पूर्वाञ्चल एग्रीटेकलाई सम्मानित गरेको छ ।

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गगर्दै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् । 

‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने, ‘तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन् । 

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्दै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए । 

उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिवद्धता यहाँ जनाउँछु ।’

कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिवद्धता समेत व्यक्त गरे । उनले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई÷संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिवद्धता गरे । 
 

प्रतिक्रिया दिनुहोस