aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

१० अर्ब निर्यात भइरहेको हस्तकलाको बजार ७ अर्बमा खुम्चियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
Citizen life
nabil bank
१० अर्ब निर्यात भइरहेको हस्तकलाको बजार ७ अर्बमा खुम्चियो
रविन्द्र शाक्य, उपाध्यक्ष हस्तकला महासंघ
Global IME
yamaha_MAW
LBF

रविन्द्र शाक्य हस्तकला महासंघमा उपाध्यक्ष हुन् । यहि मंसिर ३,४ र ५ गते बौद्धस्थित हायात होटल परिसरमा आयोजना गर्न लागेको १८ औं हस्तकला टे«ड फेयर तथा १६ औं हस्तकला प्रतिश्पर्धाका सन्दर्भमा  टे«ड फेयरका मुख्य संयोजक समेत रहेका शाक्यसंग आर्थिकन्युज डटकमले गरेको कुराकानीको सम्पादित अंशः 
 
अठारौं हस्तकला मेला किन आयोजना गर्न लाग्नु भएको हो ?
कोरोना महामारीले हस्तकलाको बजारलाई पारेको असरलाई हटाउन महासंघ हस्तकलाकर्मीहरुको विकास बजारमा पहुँच पु¥याउन हामी यो १८ औं हस्तकला मेला बौद्धस्थित होटल हायातमा गर्दैछौं । यो मेलाले नेपाली हस्तकलाको बजार थप विस्तार गर्न सहयोग गर्नेछ । यो मेला यस्ता कोरोना माहामारीबाट अघि बढेकोे अवस्थामा महत्वपूर्ण छ । मेलाले हस्तकलाकर्मीहरुलाई धेरै सकारात्मक उर्जा दिनेछ ।

कोरोनापछि हस्तकलाको पछिल्ला अवस्था कस्तो छ ?
कोरोना माहामारीपछि हस्तकला क्षेत्रमा रहेका सबै क्षेत्रलाई असर गरेको देखिएन । परम्परागत हस्तकलालाई असर गरेको देखियो भने नयाँ हस्तकलामा खासै असर गरेको छैन । हाम्रो तथ्याङ्कले के भन्छ भने धेरै निसाश हुनु पर्दैन । यो बेला वार्षिक रुपमा १० अर्बमा निर्यात भइरहेको हस्तकलाको बजार ७ अर्बमा मात्रै खुम्चियो । पछिल्लो समय चार्टड फ्लाइटहरु महँगो हुँदा केही असर देखिएको छ । सबै फ्याइटहरु सुचारु हुँदा यो हटेर जान्छ भन्ने विश्वास छ ।
हस्तकलाको बजार विस्तार गर्न तपाईहरुले अरु के के काम गर्नु भएको छ ?
कलाकारहरुलाई परचय पत्र बाड्ने, करको दायरमा ल्याउने,व्यावसाय दर्ता गर्न लगाउने,निर्यातका लागि एक्जिम कोड लिन लगाउने, भञ्सारमा अनलाइन सिस्टम लागू गराउने काम भएका छन्ं ।

हस्तकलाको बजार विस्तारका लागि स्थानीय स्तरमा हस्तकला मेला भइरहेका छैनन नि किन होला ?
कारोनाका कारण धेरै मेला भइरहेका छैनन् । काठमाडौं लगायत देशभर हामीलाई प्रर्दशनी गर्न ठाँउ नै छैन । हामीले केही दिन अघि भाटभटेनीको पार्किङमा प्रर्दशनी गर्यौ । त्याहाँको प्रर्दशनी राम्रो भयो । यसले हामीलाई सकारात्मक उर्जा दिएको छ । त्यसैले हामी हायातमा प्रर्दशनी गर्न गइरहेका छौं । अहिले भृकुटीमण्डपको हलको मर्मतको काम भइरहेको छ । खुला ठाँउमा स्वास्थ्य मापदण्ड अपनाएर हायतमा हस्तकला  मेला गर्न लागेका छौं ।

हस्तकलाको आगामी भविश्य कस्तो देख्नु हुन्छ ?
हस्तकलाको राम्रो सम्भावना भनेको विदेश निर्यातको नै हो । दुई तीन बर्षको अन्तरमा संचारमाध्यमहरुबाट हस्तकलाको राम्रो प्रचार भएको छ । म संचार माध्यमहरुलाई विशेष धन्यवाद दिन्छु । नेपाली बजारमा ढाकाको कपडा, सझवटलगायतका धेरै प्रयोग भएको छ । आन्तरिक बजार धेरै नै बढेको छ । सम्भावना भएर नै आन्तरिक बजार चलायमान भएर आएको छ ।

आन्तरिक बजार विस्तार गर्न तपाईहरुले के गरिरहनु भएको छ ?
हामीले धेरै नै काम गरेका छौं । तालिमहरु दिएका छौं । तालिमपछि रोजगारी बढेको छ । हस्तकला महसंघले ती हस्तकलाका सामान बिक्रि गर्न इकला नेपाल डट कम पोर्टल नै निर्माण गरेर हस्तकला सामान बिक्रि सुरु गरेको छ । यसले हस्तकलामा नयाँ पुस्तालाईपनि आर्कर्शित गरेको छ ।

कोरोना कारण हस्तकला व्यावसायी आक्रान्त भएका छन् । अर्थतन्त्रमा असर परेकोछ । सबै निराशातिर गइरहेको अवस्थामा अलिकति चलायमान बनाएर स्तानीय, प्रदेश र केन्द्र सरकारलाई हस्तकला व्यावसायको विषयमा उजागर गरेर प्रर्दशनीमार्फत व्यावसाय विस्तार गर्न खोजेका हौं ।

किन पाँचतारे हायात होटलमा प्रर्दशनी गर्दै हुनुहुन्छ ?
अघिल्ला बर्षहरुमा भृकुटी मण्डपमा हस्तकला प्रर्दशनी गर्दा सरकारी र कुटनीतिक क्षेत्रका सरोकारवालाहरु नआउने अवस्था भयो । त्याहाँको संरचना पार्किङको अवस्था राम्रो नभएको भन्ने लागेर हामी यस पल्ट हायात होटलमा प्रर्दशनी गर्दैछौं ।

उच्च पदस्थ व्यक्ति नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुले हाम्रो हस्तकलाको गुणस्तर र क्षमता हेर्न पाउनु भऐकै छैन । हामीले उहाँहरुलाई हाम्रो क्षमता देखाएपछि आफ्नो देशमा प्रचारप्रसार गर्नुहोला । उचित नीतिहरु ल्याउनु होला र नेपाल सरकारले सहज स्वीकार गर्ला भन्ने लाग्छ । यसबाट हामी धेरै उत्साहित पनि भएका छौं ।

प्रर्दशनी कतिको सहभागी हुने अपेक्षा छ ?
विगतको भृकुटीमण्डपमा हुने प्रर्दशनीमा दुई तीन लाख दर्शकले प्रर्दशनी अवलोकन गरेका थिए । अहिलेको स्वास्थ्य मापदण्डका कारण कोरोना शिथिल नभएको अवस्थालाई हेर्नैपर्छ । कम्तिमा दैनिक २० देखि २५ हजार जनाले प्रर्दशनी हेरे पनि हामी प्रर्दशनी सफल भएको मान्छौं ।

हस्तकलाको चाहे जति विकाश हुन नसक्नुमा समस्या नेपाली हस्तकलामा छ कि सरकारी नीतिमा ?
नेपाल सरकारले १० अरव निर्यात हुने हस्तकलालाई प्राथमिता नै दिएको छैन । कच्चा पदार्थको एकदमै अभाव छ ।  नीतिगत कुनै व्यवस्था छैन । नीजि क्षेत्रले जे जति कच्चा पदार्थ ल्याउछ त्यसकै भरमा चलेको छ । उत्पादनका अवस्थामा हामी एकदमै सक्षम छौं ।  गुणस्तर सामान बनाएका पनि छौं । बनाउछौं ।

हस्तकला हेनै कुनै सरकारी कार्यालय छैन । हामीले धेरै मेहनत गरेर देशभरका सबै संस्थाहरुलाई जम्मा गरेर हामीले हस्तकला नीति बनाएर सरकारलाई बुझाएको आज आठ दश वर्ष भइसक्यो ।

हस्तकला हेर्ने मन्त्रालय, विभाग केही पनि नहुँदा हाम्रो बारे बुझने हाम्रो समस्या सुन्ने कोही छैन । हाम्रो समस्या हेर्न एउटा सरकारी निकाय खडा गरिदिनु जरुरी छ । सम्भव भए मन्त्रालय नभए विभाग खडा गर्नु जरुरी छ । हामीले सरकारी निकयलाई अस्थिर सरकार र सरकारी निकायका कारण हामीले बुझाए पनि सरुवा भएर जाँदा हाम्रो समस्या अलपत्र परेको छ ।

नेपाली हस्तकलाको माग बजारमा कति छ?
मागको हिसावमा  धेरै नै छ । आन्तरिक बजार स्थिर नै छ । चाड पर्व आउदा खपत हुने हरेक वर्ष नियमित छ ।
हस्तकलाको विदेशी माग चाँही धेरै नै छ । टेक्टाइट प्रडक्टहरु विदेशमा धेरै तीन गुणसम्म माग बढेर आएको छ । चीनमा धातुकला मूर्तिकलाको माग धेरै छ ।

हाम्रो समस्या कहाँ छ भने सामान विदेश पठाउन चार्टड फ्लाइट धेरै महँगो छ । भएको सामान नै पठाउन नसक्दा अर्को सामान कसरी बनाउने ?
त्यसैले हामीले मेलाको नारा हस्तकलाः समृद्धिका सम्भावना बनाएका छौं । यसमा सम्भावना छ । रोजगारी श्रृजना गर्न सकिन्छ । आत्म निर्भर हुन सकिन्छ । स्थानीय साधन श्रोत प्रयोग गरेर समृद्धि ल्याउन सकिन्छ ।

हस्तकलाको बजार विस्तार गर्न सरकारले के के गर्न सक्छ ?
धेरै कुरा गर्न सक्छ । सरकारले बार्षिक ४ अरवको बार्षिक पुरस्कार र उपहार दिन्छ भन्ने तथ्याङ्क छ । यसलाई नेपाली हस्तकलाको सामान प्रयोग गर्न सकिन्छ । त्यसलाई रुपान्तरण गरेर नेपाली हस्तकलाको सामान किन प्रयोग नगर्ने ?नेपाली व्युरोक्राट्मा रहेको चार पाँच लाख कर्मचारीलाई सबैलाई एउटा कोट नेपाली लगाउने व्यवस्था गरौं न । परिचय पत्र झुण्ड्याउने ढाकाको कपडा लगाईदिउ न । चाइनिज निको कपडा लगाउनु भन्दा । त्यो पैसा त विदेशमा गयो । पिविसी कार्डमा परिचय पत्र छाप्नु भन्दा नेपाली कागज प्रयोग  गरौं न । यो पनि त आन्तरिक बजार बढाउने उपाय हो नि त ।

नेपाली हस्तकला यसरी बजारमा प्रयोग गर्न प्रतिश्पर्धी मूल्यमा दिन सकिन्छ त ?
प्रतिश्पर्धी निश्चित नै छ । खपत धेरै भएन भने सबै चीज महगो हुने हो । हाम्रै सामान चीनमा लगेर दशौं गुणा सामान बनाएर हाम्रो भन्दा सस्तो बेचिरहेका छन् । हामी सबै नेपालीले नेपाली सामान प्रयोग गर्ने नीति बनाउने हो भने हामी पनि खपत बढाएर प्रतिपर्शी मूल्यमा दिन सक्छौं विदेशमा पनि प्रतिश्पर्धा गर्न सक्छौं ।

विदेशी आधुनिक प्रविधिबाट बनेका हस्तकलाहरु आइसक्यो यसले नेपाली हस्तकलाका सामान विस्तापित हुँदैन ?
यसले हामीलाई असर गर्दैन । हामी के कुरामा गर्व गछौं हामी गुणस्तरिय सामान प्रयोग गछौं । मेसिनले बनाएको सामान हेर्दा आर्कशक छ तर गुणस्तर छैन । युरोप अमेरिकामा धनि मान्छेहरु छन्  । उनीहरु गुणस्तरिय सामान मन पराउछन् । हाम्रै सामान किन्छन् । मेसिनले लाखौं संख्यामा सामान बन्छन् । हामी हजारको संख्यामा मात्रै सामान बनाउछौं । गुणस्तरिय सामान थोरै हुन्छ महँगो हुन्छ । यनीहरु कागजलाई काठजस्तो बनाएर पठाउछन् । त्यो घाम पानीले विग्रन्छ । तर नेपानी सामान सही हुन्छ । काठ भने काठै हुन्छ घातु भने धातु नै हुन्छ ।
 
हस्तकलाका सामान विदेशमा निर्यात गर्न महसंघले के काम गरेको छ ?
धेरै काम गरेका छौं । अनलाइन पोर्टल बनाउने,मार्केटिङ तालिम दिने, डायरेक्ट्री बनाउने, डिजिटल प्रचारलाई ध्यान दिएका छौं ।
 
नेपाली सामानको आफ्नै ट्रेडमार्क छैन त्यसैले विश्व बजारमा गुणस्तर मापन हुने चिनिने र प्रतिश्पर्धा गर्न गाह्रो छ भनिन्छ नि ?
०७८ सालको मौद्रिक नीतिमा एककृत टे«डमार्कमा जाने कुरा आएको छ । व्यक्तिगत रुपमा टे«डमार्कमा जान नसके पनि सामुहिक रुपमा जान पनि त सकिन्छ नि । हामीले यसलाई एउटा अवसरका रुपमा लिएका छौं । मंसिरसम्म टे«डमार्कमा जान सकियो भने राम्रो हुन्छ । डकुमेन्ट बनाउन सुरु भइसकेको छ ।  तर समस्या नीतिमा छ । प्याकेजिङ र लेभलिङमा समस्या छ । लाखौं पर्ने हस्तकलाको सामान सामसुङ टिभिको वाकसमा प्याक गरेर पठाइरहेका छौं । लेभलिङ र प्याकेजिङ कसले गर्ने ? यो सबै नीत नभएर भइरहेको छ ।

भोलि विदेशी कम्पनीले हाम्रो सामान कपी गरे हामीले दावी गर्न सक्छौं । टे«डमार्क हुर्दा हामी अन्तराष्ट्रिय संस्था वाइपामा आफै रजिष्टर हुन्छौं । त्यसमार्फत कपीराइटको मुद्दामा लड्न सक्छौं । यो सबै काम नीजि क्षेत्रले गर्न सक्दैन र सरकारसँग मिलेर गर्नुपर्छ । तर सरकारलाई हामीले बुझाउन सकेका छैनौं । बुझाए पनि सरकारी निकायमा बस्नेहरु सरुवा भएर जाँदा काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस