aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

एक लाख २९ हजारले सहुलियतपूर्ण कर्जा पाउँदा सर्टिफिकेट धितोमा १४८ मात्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
Citizen life
nabil bank
एक लाख २९ हजारले सहुलियतपूर्ण कर्जा पाउँदा सर्टिफिकेट धितोमा १४८ मात्र
Global IME
yamaha_MAW
LBF

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन थालेपछि सो कर्जा अन्तर्गत ऋण लिनेको सङ्ख्या एक लाख २९ हजार ६८० पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म एक करोड भन्दा माथि त्यस्तो कर्जा उपयोग गर्ने ऋणीको सङ्ख्या नै एक हजार ८९० जना पुगेको छ । 

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण कर्जा उपयोग गर्ने कूल ऋणीको सङ्ख्या भने एक लाख २९ हजार ६८० रहेको छ । यस अन्तर्गत हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा एक खर्ब ९८ अर्ब ९२ करोड ३९ लाख ७७ हजार २९७ रुपैयाँ बराबरीको कर्जा प्रवाह गरेका छन् । 

यसरी कर्जा प्रवाह गर्नेमा सबैभन्दा अगाडी कृषि विकास बैंक देखिएको छ । जसले १३ हजार ५२ वटा कर्जा मार्फत २१ अर्ब ९५ करोड ७१ लाख ४० हजार ४५१ रुपैयाँ कर्जा प्रवाह गरेको हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १० हजार ५५० कर्जा मार्फत १० अर्ब ७२ करोड ६८ लाख ७७ हजार ५०८ रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । यस्तो ऋणी ठूलो सङ्ख्यामा प्रवाह अर्को सरकारी बैंकमा नेपाल बैंक रहेको छ । यस बैंकले ६ हजार ८४ ऋणीलाई ७ अर्ब ६२ करोड १८ लाख ५२ हजार एक सय ९३ रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको देखिन्छ । 

त्यसैगरि, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार क वर्गका वाणिज्य बैंकहरुले एक लाख ९ हजार ६१३ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् भने विकास बैंकहरुले १८ हजार ४३४ ऋण प्रवाह गरेका हुन् । यता ग वर्गका वित्तीय संस्थाहरूले १५ सय २२ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा घ वर्गका वित्तीय संस्थाहरूले भने एक सय ११ जनालाई मात्रै यस्तो ऋण दिएको देखिन्छ । हालसम्म यस्तो कर्जा प्रवाहका लागि ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि कूल ब्याज अनुदान वितरण भइसकेको छ । 

प्रदेशगत हिसाबले हेर्ने हो भने एक करोड भन्दा बढी रुपैयाँ सहुलियतपूर्ण कर्जा लिने ऋणीहरूमा प्रदेश नं. ३ मा नै सर्वाधिक सङ्ख्यामा रहेको देखिन्छ । सो प्रदेशमा एक करोड भन्दा माथि सहुलियतपूर्ण कर्जा लिनेको सङ्ख्या ७९५ रहेको छ । त्यसैगरि, दोस्रोमा प्रदेश नं. १ रहेको छ । जसमा यस्तो कर्जा लिनेको सङ्ख्या ३४६ जना रहेका छन् । त्यस्तै, यस्तो कर्जा लिनेको सङ्ख्या प्रदेश नं. २ मा २२० जना रहेका छन् भने प्रदेश ४ मा १९३ जना रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा देखिन्छ । 

प्रदेश ५ मा जम्मा २६१ जनाले यस्तो कर्जा लिँदा सबैभन्दा कम यस प्रकारको कर्जा प्रवाह भने प्रदेश ६ मा भएको देखिन्छ । जहाँ जम्मा ४ जनाले मात्रै लिएका छन् । प्रदेश ७ मा भने ७० जनाले एक करोड माथि सहुलियतपूर्ण कर्जा लिएको देखिन्छ । 

सहुलियतपूर्ण कर्जा प्रवाह भएका शीर्षकहरूमा व्यावसायिक कृषि तथा पशुपंक्षि कर्जा ५३ हजार ७८५ र महिला उद्यमशील कर्जा ७३ हजार ७८ जनाले लिएको देखिन्छ । यी दुई शीर्षकहरूमा अत्यधिक बढी सङ्ख्यामा ऋण प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै धितोसहितको कर्जाको सङ्ख्या पनि अत्यधिक ठूलो छ । जस अन्तर्गत ४७ हजार ७८९ जनाले यस्तो कर्जा लिएका छन् भने शिक्षित युवा स्वरोजगार कर्जा भने जम्मा १४८ जनाले मात्रै लिएका छन् । 

युवा वर्ग स्वरोजगार कर्जाका रूपमा सहुलियतपूर्ण कर्जा लिने १७ जना मात्र रहेकोमा व्यावसायिक तथा तालिम परिसरबाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिम शीर्षकमा दुई वटा कर्जा मात्रै प्रवाह भएको छ ।  

 

प्रतिक्रिया दिनुहोस