
काठमार्डौ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रिदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ८७ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरि, जापनीज ऐन दशको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस