aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

‘दुई वटा सरकारी बैंक मर्ज गर्ने हो भने वाणिज्य बैंकको संख्या १० मा झर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
Citizen life
nabil bank
‘दुई वटा सरकारी बैंक मर्ज गर्ने हो भने वाणिज्य बैंकको संख्या १० मा झर्छ’
कृष्णबहादुर अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक
Global IME
yamaha_MAW
LBF

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड यहि कात्तिक ३० गते ८४ औँ वर्ष पार गरेर ८५ औँ वर्षमा प्रवेश गर्दैछ । यसबिच यसले धेरै आरोह अवरोह भोगेको छ । बैंकिङ यात्राका स्वर्णिम युगका दिनदेखि अत्यन्तै कठिनतम वर्षहरु नेपाल बैंकले अनुभव गरिसकेको छ । अहिले पनि नेपालको पहिलो बैंकका रुपमा आफ्नो शाख रक्षा गर्दै समग्र वाणिज्य बैंकहरुको प्रतिस्पर्धामा अब्बलबन्ने प्रयासमा केहि उपलब्धि हासिल गरिरहेको छ, नेपाल बैंकले । 

नेपाल बैंकको इतिहास र यात्राको छुट्टै रोचक कथा छ । तर, यहाँ भने आज नेपाल बैंक कुन अवस्था छ र यसले कसरी आफ्ना आगामीयात्राका योजना बनाइरहेको छ भन्ने विषयमा केन्द्रित रहेर यस बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग आर्थिकन्युज डटकमले गरेको कुराकानीको सम्वादको सम्वादित अंश पेश गरेका छौं । प्रस्तुत छ– नेपाल बैंकको वर्तमान स्थितिदेखि नेपालको समग्र बैंकिङ क्षेत्रका चुनौति र अभ्यासहरुकाबारे उनै अधिकारीसँग गरिएको कुराकानीः

नेपालको पहिलो बैंक नेपाल बैंकले सबैमा पहिलो हुन के कस्ता काम गर्दैछ ?
कम जनशक्तिबाट बढी प्रतिफल लिने काममा हामी लागेका छौं । पहिलेको भन्दा अहिले आधा नै जनशक्ति छ । तर, पर्याप्त मात्रामा शाखाहरु विस्तार गरिरहेका छौं । ६० को दशकको सुरुवातमा ९६ वटा शाखा रहेकोमा अहिले २१३ वटा त शाखा नै छ । सात वटा प्रदेश कार्यालय र ४७ वटा एक्टेक्सन काउन्टर सञ्चालनमा छन् । तर, जनशक्तिको भार भने बढाएका छैनौँ । 

प्रविधिको प्रयोग र पहिलेभन्दा जनशक्तिको दक्षताका कारण यो सम्भवभएको हो । तथापि हाम्रो उत्पादकत्व भने अरुको तुलनामा कम देखिएला तर महत्वपूर्ण कुरा के हो भने हामी ग्रामिण भेगसम्म पुगेर सेवा दिएका छौं । व्यवसायिकताभन्दा सेवालाई केन्द्रमा राखेका कारण मात्रै हाम्रो स्थिति यस्तो देखिएको हो । यदि व्यापारिक केन्द्रहरुमा रहेकाशाखाको उत्पादकत्व हेर्ने हो भने नेपालका कुनै वाणिज्य बैंकभन्दा हामी कम छैनौँ । 

भनेपछि नेपाल बैंक अहिले पनि सबै कुरामा अगाडि छ । यहाँसम्म कि सेवा प्रवाह गर्ने सन्दर्भमा पनि होइन ?
हो, हामीले गाउँगाउँमा खोलेका शाखाहरुमा समाज सेवा बढी छ । व्यापार होइन । समाज सेवालाई हामीले अंकमा प्रतिफलका रुपमा देखाउ सक्ने कुरा भएन । राष्ट्रको आर्थिक उत्थानका लागि हामी गाउँगाउँमा पुग्दा आम्दानीभन्दा खर्च बढी भएको छ । 

तर,पनि हामी व्यवसायिक रुपमा पनि अन्य बैंकहरु भन्दा धेरै कमजोर पनि छैनौँ । यदि सहर केन्द्रित शाखाहरुबीच मात्र तुलना गर्ने हो भने हामी अरु बैंकभन्दा सफल र सक्षम देखिन्छौं । फेरि पनि हामी १७ वटा शाखा विस्तारको योजनामा छौं । त्यो पनि सेवा भावले नै ओतप्रोत भएर गर्न लागि एको हो । 

के शाखा विस्तार बाध्यता हो ?
होइन । सरकारले एक स्थानियतहमा एक वाणिज्य बैंक पुग्नै पर्ने नीति ल्यायो । सबै वाणिज्य बैंकहरुलाई शाखा राख्न पालिकाहरु तोकियो । त्यो काम पुरा भइसकेको छ । अबको शाखा विस्तार भनेको हाम्रो आफ्नै योजनामा गर्ने हो । कतै व्यवसायिक दृष्टिकोणबाट हुन्छ भने कहि सेवा केन्द्रित भएर शाखा विस्तार गर्छौ । 

अन्य वाणिज्य बैंकभन्दा कमजोर छैनौँ भन्नुभयो । बलियो रहेको प्रमाण चाँही के हो ?
हाम्रो नेटवर्थ नै हुर्नुहोस न । गएको असार मसान्तसम्म २७ वटा वाणिज्य बैंकहरुमध्ये नेटवर्थको हिसावले हामी एक नम्बरमा थियौं । असोज मसान्तसम्मको रिपोर्टमा भने हामी नबिल बैंकभन्दा थोरै मात्र पछाडि छौं । क्यापिटल फण्डको हिसावले, क्यापिटल एडिक्योसीको अनुपातको हिसावले, निक्षेपको हिसावले हामी अगाडी छौं । कुनै पनि बैंकको स्वस्थता मापन गर्ने परिसूचकहरु यी नै हुन् । यसैका आधारमा हामी भन्न सक्छौं कि नेपाल बैंक बलियो र स्वस्थ बैंक हो । 

अहिले नै हाम्रो सिडी रेसियो, बेसरेट, कस्ट अफ फण्ड यी सबैमा हामी अरु भनदा कमजोर छैनौँ । हाम्रा सबै परिसूचकहरु ८५ वर्षे यात्रामा सुदृढ हुँदै गइरहेको छ । हाम्रो बेग्लै विशेषयुक्त बैंक भएको कारणले पनि फरक छ । नेपाल देशको नाम जोडिएको बैंक हो । मुलुकको सबैभन्दा पुरानो बैंक हो । र, नेपाली जनताको बैंक हो । बरु हामीले स्विकार गर्नु पर्ने कुरा यो हो की यो बैंकसँग नेपाली जनताको भावना जसरी जोडिएको छ त्यसलाई क्यास गर्न भने हामीले सकेका छैनौँ । 

यसका लागि पनि त कुनै योजना होला नि ?
हाम्रो टिममा यसबारे छलफल भइसकेको छ । अब हामीले हाम्रो क्षमतामा भरपुर सदुपयोग गर्नुपर्छ भन्नेमा लागेका छौं । यदि त्यसो गरियो भने नेपालको पहिलो बैंक बैंकिङ क्षेत्रका धेरै सुचकांकहरुमा पहिलो नै बन्छ । निक्षेप संकलनको हिसावले हामी पहिलो बन्न नसकुलाँ । तर, त्यसले बैंक कमजोर भएको देखाउने त होइन । 

सबैभन्दा महत्वपूर्ण कुरा हामीमा अब केहि गर्नुपर्छ भन्ने अनुभूति भएको छ । अब नेपाल बैक पहिलेको जस्तो कछुवाको गतिमा हिड्ने माइन्डसेटमा छैन । पहिले हाम्रो उपलब्धिको लक्ष्य नै सानो हुने गथ्र्यो । नगन्य वृद्धिमा हामी रमाउने गथ्र्यौँ । हामीले बनाएको पञ्चवर्षे रणनीतिक योजनाको अहिले चौथो वर्षमा छौं । र यसबेला सबै लक्ष्यहरु पुरा भइसकेका छन् । यसले के देखाउँछ भने हामीले आफ्नौ क्षमतालाई अवमूल्यन गरिरहेका थियौं । त्यसैले पाँचवर्ष पुरा नहुँदै त्यलाई पुनरावलोकन गर्ने र नयाँ ढंगले ठूलो लक्ष्यसहित अगाडी बढ्ने काममा लागेका छौं । 

योजना र लक्ष्य त राम्रो बनाउनु होला तर सरकारी बैंक हो । राजनीतिक दवाबले कार्य सञ्चालनमा अवरोध आउँदैन ?
त्यस्तो हुँदैन । हाम्रो राजनीतिक नेतृत्वले पनि बैंकका आफ्नै सिमाहरु हुन्छन् भन्ने बुझेको छन । अब नीतिगत निर्णयले पर्ने असरबारे त हामीले बोल्न मिल्दैन । त्यो माथिको कुरा भयो । तर, कतिपय विषयहरुमा दलका नेताहरुले गर्ने फोनलाई चाँही हामीले दवाबका रुपमा बुझ्ने गरेको छैनौँ । उहाँहरुले कार्यकर्ताको मन राख्न फोन गर्नु पर्ने बाध्यता हुन्छ । हामी कुरा बुझाउँछौँ । मिल्ने मात्र गर्छौ । नमिल्ने यसकारण मिल्दैन भन्छौं । समग्रमा राजनीतिक दवाबले हाम्रो कार्यगतिमा अवरोध आएको छैन । 

यसबारे म यति भनौँ कि हामी स्वतन्त्र छौं । यो बैंकको सञ्चालक बोर्ड स्वतन्त्र छ । राष्ट्र बैंकले नियामकको रुपमा दिएका निर्देशन पालना गर्नै पर्छ । बोर्डले निर्माण गरेको नीति हामी लागू गर्छौ । यो क्रममा हामी पनि बोर्डलाई कतिपय सुझावहरु दिन्छौं । सहि सुझावलाई बोर्डले नीतिका रुपमा विकास गर्छ । 

नयाँ योजना र उत्साहका साथ काम गर्न अहिलेको जस्तो तरलता संकटले पनि अवरोध खडा गर्ला ?
यो आर्थिक वर्षको प्रारम्भदेखि नै नेपालको वित्तीय बजारमा निक्षेपको वृद्धि र कर्जाको वृद्धिमा ठूलो खाडल देखियो । यो चार गुणाभन्दा बढीको खाडलले वास्तवमै एउटा ऐतिहासिक तरलता संकट गरेको छ । अहिलेसम्म जसरी बैंकहरुले तरलता आपूर्ति गरे त्यो थप थेग्नसक्ने अवस्था छैन । 

भयो के भने जुन मात्रामा निक्षेप बढ्छ भन्ने आशा गरिएको थियो त्यो बढेन । कम्तीमा दोस्रो त्रैमास पुरा नुहन्जेलसम्म त्यसको सम्भावना देखिदैन । त्यसपछि भने केहि सहज होला भन्ने आशा छ । किनभने त्यसपछि सरकारको विकास खर्च बढ्छ । 

तरलता अभावको अर्को कारण हो हाम्रो व्यालेन्स अफ पेमेन्ट(बिओपी)मा बढ्दै गएको नकारात्मक आकार । अब नयाँ तथ्यांकमा त्यो झन बढेको देखिन्छ । जबसम्म यो नकारात्मक बिओपी घटाएर सकारात्मकब नाउन सक्दैनौँ तरलताको समस्या रहन्छ । हामीले जसरी हुन्छ आयात घटाउनै पर्छ । लिक्युडिटी इन्फ्लो बढाउनै पर्छ । 

यो संकटकोबिच नेपाल बैंकले पनि आक्रामक लगानी गरेको देखियो नि ?
हामीलाई बजारले नै आक्रामक बन्न बाध्य पारेको हो । हाम्रा आफ्नै कार्यक्रम र योजना छन् । तर,पनि हामीसमेत झण्डै ९० प्रतिशतको सिडिमा पुगेका छौं । यसको कराण के हो भने हामीले लगानी बढाएर त्यस्तो भएको होइन । हाम्रो निक्षेपअरुले खोस्दा निक्षेप घट्यो सिडी रेसियो बढ्यो । कात्तिक महिनामै हाम्रो झण्डै आठ अर्बको निक्षेप गुमेको छ । अरुले लगेका छन् । 

किन यस्तो प्रतिस्पर्धा भयो ?
बैंक्हरुको बुझाइ के रह्यो भने ब्याजदर बढायो भने निक्षेप बढ्छ । तर, पूरै बैंकिङ प्रणालीमा पो निक्षेप बढ्नु पथ्र्यो त । कुनै एउटा बैंकले मात्रै बढाएर त सहजता हुने होइन । तर, साथीहरुले आफ्नो बैंकमा निक्षेप बढाउने अरुमा जे हुन्छ होस भन्ने सोचे । जसले गर्दा कुनै बैंकलाई सहजता भयो कुनैलाई निकै गाह्रो पर्यो । हुन त अरु बैंकहरुले पनि अफ्ठ्यारो परेपछि नै त्यसो गरेको हो । 

तर, बिडम्बना के भयो भने जसले खर्च बढायो त्यो राम्रो भन्ने देखिने भयो । यसले समग्र बैंकिङ क्षेत्रलाई राम्रो गर्दैन । नेपालको अर्थतन्त्रलाई नै दिर्घकालिन असर गर्छ । यस बेला भित्रिएको रोगले बैंकिङ क्षेत्रलाई मात्रै होइन हाम्रो मुद्रास्फीति मै समेत असर गर्ने देखिन्छ । 

मर्जरमा गएर बैंकको संख्या घटाइयो भने त यस्तो प्रतिस्पर्धा हट्ला नि ?

हो, नेपाल सरकारले यस्तो नीति लिएको छ । र, बैंकको संख्या घट्न आवश्यक पनि छ । जनता र ग्लोबल बैंक मर्जर भएर मात्रै यो उद्देश्य पुरा हुँदैन । अब सरकारी बैंक मर्जरको कुरा गर्ने हो भने हाम्रो जस्तो बैंकमा सरकारको निर्णय नै प्रमुख हुन्छ । यस्ता बैंकहरु मर्जर गर्ने वा नगर्ने भन्नेबारे सरकारले कसरी सोचिरहेको छ त्यो हामी र हाम्रो बोर्डभन्दा बाहिरको विषय हो । 

तर, के चाँही सत्य हो भने यदि स्वस्फूर्त रुपमा मर्जर गराउने हो र बैंकहरुको संख्या १० को हाराहारीम राख्ने हो भने दुई वटा सरकारी बैंक मर्ज गरिदिए पुग्छ । त्यसपछि त्यो बैंकसँग प्रतिस्पर्धा गर्न अरु दुईटा बैंक होइन तीन वटा बैंक मिल्नु पर्छ । त्यो बाध्यता आफै सिर्जना हुन्छ । बैंकहरु फटाफट मर्जरमा जान्छन् । गर्नु पर्ने कुरा चाँही यहि हो की सरकारले नेपाल बैक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमध्ये कुनै दुई वटालाई मर्ज गर्ने निर्णय गर्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस