विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
Sunrise bank
विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब
LBEF
IPS

काठमाडौं । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ ।  
    
बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । 
    
संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले  १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोड रुपैयाँमा बस खरीद गर्ने सम्झौता भएको थियो । 

प्रतिक्रिया दिनुहोस