aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

एक वर्षमै साढे ९ खर्बले बढ्यो वाणिज्य बैंकहरुको सम्पत्ति, कुन बैंकको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
Citizen life
nabil bank
एक वर्षमै साढे ९ खर्बले बढ्यो वाणिज्य बैंकहरुको सम्पत्ति, कुन बैंकको कति ?
Global IME
yamaha_MAW
LBF

काठमाडौं । २७ वाणिज्य बैंकहरुको सम्पत्तिमा उल्लेख्य बृद्धि भएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकका अनुसार वाणिज्य बैंकहरुको सम्पत्ति एक वर्षमै ९ खर्ब ५३ अर्ब ६० करोड १८ लाख ४२ हजार रुपैयाँले बढेको हो । 

गत वर्षको असोज मसान्तसम्म २७ वाणिज्य बैंकहरुको सम्पत्ति ४४ खर्ब ३८ अर्ब ४५ करोड ४३ लाख २१ हजार रहेकोमा यस वर्षको असोज मसान्तसम्म बढेर ५३ खर्ब ९२ अर्ब ५ करोड ६१ लाख ६३ हजार पुगेको छ । 

एसोसिएसनको तथ्यांकमा सबैभन्दा बढी एनआइसी एसिया बैंकले सम्पत्ति बढाएको देखिन्छ । गत वर्षको असोज मसान्तसम्म यस बैंकको सम्पत्ति २ खर्ब ८३ अर्ब ९७ करोड ८७ लाख ६९ हजार रहेकोमा यस वर्षको असोज मसान्तसम्म बढेर ३ खर्ब ७४ अर्ब ५२ करोड ५२ लाख ९२ हजार पुगेको छ । एक वर्षको अवधिमा बैंकले ९० अर्ब ५४ करोड ६५ लाख २३ हजार रुपैयाँले सम्पत्ति बढाएको हो ।  

त्यस्तै, ग्लोबल आईएमई बैंकले पनि एक वर्षको अवधिमा उल्लेख्य मात्रामा सम्पत्ति बढाएको छ । गत वर्षको असोज मसान्तसम्म यस बैंकको सम्पत्ति २ खर्ब ८५ अर्ब ६८ करोड ५१ लाख ८ हजार रहेकोमा यस वर्षको असोज मसान्तसम्म बढेर ३ खर्ब ४६ अर्ब ३ करोड ४ लाख ३१ हजार पुगेको छ । एक वर्षको अवधिमा बैंकले ६० अर्ब ३४ करोड ५३ लाख २३ हजार रुपैयाँले सम्पत्ति बढाएको हो । 

त्यसैगरि, नबिल बैंकको गत वर्षको असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब १७ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेकोमा यस वर्षको असोज मसान्तसम्म ३ खर्ब ६२ करोड २० लाख ३८ हजार रुपैयाँ बराबरको सम्पत्ति पुगेको छ । एक वर्षको अवधिमा यस बैंकले ५२ अर्ब ४४ करोड ७३ लाख ९६ हजार रुपैयाँले सम्पत्ति बढाएको देखिन्छ । 

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले एक वर्षमा १४ अर्ब ३० करोड ५१ लाख ५० हजार रुपैयाँले समपत्ति बढाउँदा सिद्धार्थ बैंकले भने ४३ अर्ब ९४ करोड ४८ लाख ९२ हजार रुपैयाँले सम्पत्ति बढाएको छ । यता, एनएमबि बैंकले एक वर्षको अवधिमा ४७ अर्ब ८८ करोड ५७ लाख ५७ हजार रुपैयाँले बढाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १० अर्ब ६ करोड ३३ लाख ७४ हजार, नेपाल बैंकले ३७ अर्ब ४९ करोड १६ लाख ५७ हजार, कृषि विकास बैंकले ५२ अर्ब २६ करोड ९४ लाख ३७ करोड, प्रभु बैंकले ३७ अर्ब ५३ करोड ९६ लाख ८४ हजार र कुमारी बैंकले ३९ अर्ब ६४ करोड २१ लाख २९ हजार रुपैयाँले सम्पत्ति बढाएको तथ्यांकमा उल्लेख छ ।  

बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार गत वर्षको असोज मसान्तदेखि यस वर्षको असोज मसान्तसम्म अर्थात एक वर्षको अवधिमा एभरेष्ट बैंकको सम्पत्ति १५ अर्ब ७४ करोड ५६ लाख ९५ हजार रुपैयाँले बढेको छ । त्यस्तै, एक वर्षको अवधिमा प्राइम बैंकको सम्पत्ति ४१ अर्ब ३० करोड ६ लाख ८३ हजार रुपैयाँले बढेको छ भने हिमालयन बैंकको २८ अर्ब २६ करोड ४६ लाख ७ हजार, मेगा बैंकको ३१ अर्ब १६ करोड ३० लाख ३१ हजार रहेको छ । 

सिटिजन बैंकको ५५ अर्ब ८० करोड ९७ लाख २४ हजार, सानिमा बैंकको ४१ अर्ब ४४ करोड ४० लाख ५० हजार, माछापुच्छ्रे बैंकको ३८ अर्ब ३३ करोड ९४ लाख २१ हजार, सनराइज बैंकको ३७ अर्ब ६४ करोड १६ लाख ६२ हजार, लक्ष्मी बैंकको २५ अर्ब ६५ करोड १ लाख ८१ हजार, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ४७ अर्ब ७ करोड ४६ लाख ८६ हजार र नेपाल एसबीआई बैंकको ५ अर्ब २० करोड २७ लाख ९७ हजार रुपैयाँले सम्पत्ति बढेको छ ।  

बैंक अफ काठमाण्डूले पनि एक वर्षको अवधिमा उल्लेख्य मात्रामा सम्पत्ति बढाएको तथ्यांकमा देखिएको छ । गत वर्षको असोज मसान्तसम्म यस बैंकको एक खर्ब १३ अर्ब ५ करोड ३९ लाख ७४ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेकोमा यस वर्षको असोज मसान्तसम्म एक खर्ब ३७ अर्ब ५५ करोड ४७ लाख १० हजार रुपैयाँ बराबर पुगेको हो । यस बैंकले एक वर्षको अवधिमा २४ अर्ब ५० करोड ७ लाख ३५ हजार रुपैयाँले सम्पत्ति बढाएको देखिन्छ ।

 त्यस्तै, एक वर्षको अवधिमा स्ट्याण्डर चार्टर्ड बैंकको सम्पत्ति १५ अर्ब ६६ करोड ३० लाख ७० हजार रुपैयाँले बढेको छ भने सिभिल बैंकको २७ अर्ब ५३ करोड ९७ लाख ७९ हजार, सेञ्चुरी बैंकको १६ अर्ब ७८ करोड ८० लाख ३२ हजार र नेपाल बंगलादेश बैंकको १४ अर्ब ९८ करोड ८३ लाख ६६ हजार रुपैयाँले सम्पत्ति बढेको देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस