लुक्ला, स्याफ्रुबेंसी र जोमसोमलाई स्मार्ट सिटी बनाइने - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

लुक्ला, स्याफ्रुबेंसी र जोमसोमलाई स्मार्ट सिटी बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
Sunrise bank
लुक्ला, स्याफ्रुबेंसी र जोमसोमलाई स्मार्ट सिटी बनाइने
LBEF
IPS

काठमाडौं । शहरी विकासमन्त्री मोहमद इस्तीयाक राईले  हिमाली क्षेत्रसँग जोडिएका प्रदेशस्तरका ठूला तथा पर्यटकीयबस्ती लुक्ला, स्याफ्रुबेंसी, जोमसोममा स्मार्ट सिटी बनाउने योजना बन्दै गरेको बताएका छन् । 

धुलिखेलमा आयोजित नेपाल नगरपालिका सङ्घको दुईदिने रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठीमा बुधबार मन्त्री राईले शहरी विकासको योजनामा काम गर्ने कर्मचारीले प्रदेशस्तरका शहरहरुमा नयाँ शहर बनाउने योजना बनाइरहेको बताएका हुन । 

स्थानीय तहले ‘सिंहदरबारको अधिकार’ भन्दै अधिकार व्यवस्थापन गर्न नसक्दा जनता आजित भएर विरोधी बन्ने काम नगर्न अनुरोध गरे । उनले भने, “स्थानीय तहले कार्यसम्पादन गर्दा जनता विरोधमा जाने हुन् कि भन्ने प्रत्येक दिन सोच्नुपर्दछ ।” उहाँले स्थानीय तहले जनताको चाहनाविपरीत काम गरे देशमा ‘असहज परिस्थिति’ सिर्जना हुने दाबी गरे  । 

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सङ्घले निर्माण गर्ने रणनीतिक योजनाले देशभरका नगरपालिकामा ऐतिहासिक रुपमा प्रभावपर्ने भएकाले गहनरुपमा छलफल गरी ‘रुल मेकिङ’ गर्न सुझाव दिए । राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले चार वर्षपछि कस्तो नगरपालिका बनाउने भन्ने खाका तयार गर्न आग्रह गरे  ।

सङ्घका अध्यक्ष अशोकुमार ब्याञ्जू श्रेष्ठले दुई दिनको कार्यशालामा आगामी चार वर्षका लागि नयाँ संविधानमा स्वायत्त स्थानीय सरकारको स्पष्ट व्यवस्थाका लागि सशक्त बहस र पैरवी गर्ने, नगर सरकार तथा सरोकारवालाको समन्वयमा शहरी शासनको प्रवद्र्धनका लागि नपा सङ्घलाई अग्रणी स्थानको रुपमा विकास गर्ने उनmे बताए । 

 शहरी सेवा तथा प्रवाहलाई प्रभावकारी बनाउन नगर सरकारलाई सक्षम र सवल संस्थाको रुपमा विकास गर्ने, शहरी शुसासनको सुनिश्चितताका लािग नगर सरकारलाई पारदर्शी, जवाफदेही, उत्तरदायी र समावेशी बनाउने र नेतृत्व विकास सम्बन्धी सूचना प्रवाह गर्नका लागि नपा सङ्घलाई साझामञ्चको रुपमा विकास गर्नेगरी रणनीतिक योजना तयार हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस