माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाखसम्म बीमा - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाखसम्म बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
Sunrise bank
माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाखसम्म बीमा
LBEF
IPS

काठमाडौं । माछापुच्छ्रे बैंकको 'स्मार्ट बचत खाता'मा १४ लाख १० हजार रुपैयाँ बराबरको बीमा सुबिधा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंकले स्मार्ट बचत खातामा १४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको जनाएको छ । 

बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने जनाएको छ । 

्रे बैंकले १ बर्ष अगाडि बीमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरि उक्त बचत खातामा विषेशताहरु थप गरेको जनाएको छ ।

 ५ हजार रुपैयाँ न्यूनतम मौज्दातमै खोल्न मिल्ने  बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जसअन्र्तगत बैंकले हालसम्म ११५ जना भन्दा बढि ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको बैंकले जानकारी दिएको छ । 

बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ । 

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३१ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२५ स्थानवाट ६ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
 

प्रतिक्रिया दिनुहोस